काठमाडौं । विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएका धर्मेन्द्र बास्तोलाको नेतृत्वमा गठन गरेको नेपाल कम्युनिष्ट पार्टी बहुमत विघटन भएको छ। स्थानीय तहको निर्वाचनलाई प्रयोग गर्ने कार्यनीतिको संकेत प्रक्षेपण भएपछि विप्लवलाई चुनावपरस्त,संसदीय संशोधनबादी देखाइ जुझारु अर्थवादको आरोप लगाए धर्मेन्द्र बास्तोला(कञ्चन)को नेतृत्वमा गठन गरिएको नेकपा(बहुमत)विघटन भएको हो।
विहीबार नेकपा बहुमतका नवौँ केन्द्रिीय महाधिवेशन आयोजक समिति संयोजक अज्ञातको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै पार्टि एकिकरण नभएको जनाइएको हो।गत वैशाख १८ गते मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत बिच पार्टि एकता भएको बताइएको थियो।
संयोजक अज्ञातद्धारा जारी विज्ञप्तिमा एकता भएको भनी चलाइएको हल्ला भ्रमपुर्ण र कपोकल्पित भएको जनाइएको छ।विज्ञप्तिमा भनिएको छ ‘पार्टि एकता नभई केही शुषुप्त अर्थवाद र क्षणिक अर्थवादीहरु नेकपा (क्रा.पा) मा विलय भएका हुन्।
सयोजक अज्ञातले “०७४ सालमा देजमो तर्फबाट चुनावमा भाग लिएको क्रन्तिकारी माओवादी पार्टीलाई परिवर्तनको संवाहक र क्रान्तिकारी देखाइ पार्टी एकता गरेको घोषणा गर्ने र ०७२ मा भएको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन जनाएको आधारमा नेकपालाई गैर क्रान्तिकारी देख्नु कमरेड कञ्चनको ज्ञानेन्द्रिय समस्या रहेको आरोप लगाएका छ।
विज्ञप्तिमा भनिएको छ “पछिल्लो समय पार्टीभित्र मौलाएको नेता कार्यकर्ताको अर्थबादी चिन्तन र अराजकतालाई न्यूनीकरण गर्नुको साटो उल्टै प्रक्षेपण गर्नुले कञ्चन पनि सुसुप्त अर्थवादमा तल्लीन भएको स्पष्ट हुन्छ। कमरेड कञ्चनकै शब्द सापटी लिने हो भने नेकपाबाट पार्टी फुटाई कञ्चनको एक वर्षको पार्टी जीवन रोमाञ्चकारी कार्यभन्दा अरु केही हुन सकेन।
विज्ञप्तिमा उल्लेख गरिएको छ नेकपा बहुमत वैशाख १८ गते नेकपा( क्रा. मा.) र नेकपा (बहुमत) बीच पार्टी एकता भएको भनी एउटा बन्द कोठाबाट चलाइएको हल्ला भ्रमपूर्ण र कपोकल्पित भएको कुरा अवगत गराउँदै पार्टी एकता नभई केही सुसुप्त अर्थबाद र क्षणिक अर्थबादीहरु नेकपा(क्रा.मा.) मा विलय भएको तथा बहुमत नीति तथा कार्यक्रममा दृढ रही जनताको बीचमा रहँदै आइरहेको आम कार्यकर्ताहरु कति पनि विचलित नभई पार्टी नीति र कार्यक्रममा लाग्न अनुरोध गरिएको छ ।
विज्ञप्ति :
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.