देउखुरी,२४ भदौ / सर्पको टोकाइबाट दाङको राजपुरमा एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नं ५ महतिनिखोला निवासी ११ वर्षिया सानुमाया विक रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
बिहिवार राती घरमै सुतिरहेको समयमा उनलाई औलामा टोकेको थियो। उनलाई उपचारको लागि लमही ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शवलाई लमही अस्पतालको शवगृहमा राखिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.