काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी(गाैरवशाली) काे केन्द्रीय स्कुलिङ विभागकाे प्रमुखमा आजाद खड्का नियुक्त हुनु भएकाे छ । वैठकले केन्द्रीय सचिवालयकाे वैठक वसी सबै सदस्यहरुकाे कार्य विभाजन गरेकाे छ । विचार मिल्नेसंग पार्टी एकता गर्न अध्यक्ष भविश्वर पराजुलीकाे नेतृत्वमा वार्ता टाेली गठन गरेकाे छ ।
संगठन विस्तार तथा सुदृढ गर्ने निर्णय गरेकाे छ । सचिवालय सदस्यहरुकाे कार्यविभाजन समेत गरिएकाे छ । प्रदेश नं. १ काे इन्चार्जमा पुरुस्वतम पाैडेल, बागमति प्रदेश इन्चार्ज तथा आर्थिक विभाग प्रमुख सुदर्शन पाैडेल, लुम्विनी प्रदेश इन्चार्जमा भिमसेन थापा , कर्णाली प्रदेश इन्चार्ज श्रीराम गिरी र सुदुर पश्चिम इन्चार्जमा धर्मराज उपाध्यायकाे निर्णय भएकाे छ । वैठकले सोभाराम वलीलाई सैन्य विभाग प्रमुख समेत गठन गरेकाे छ ।
पार्टीकाे केद्रिय स्कुलिङ विभाग समेत गठन गरेकाे छ । स्कुलिङ विभाग प्रमुखमा आजाद खड्कालाई नियुक्त गरेकाे छ । वैठकले जनसम्पर्क मञ्च विभाग पनि गठन गरेकाे छ । मञ्च विभागकाे प्रमुखमा भाेजराज वगाले चयन गरेकाे छ ।
पार्टीकाे प्रवक्तामा बालकृष्ण लम्साल नियुक्त हुनु भएकाे छ । अनुशासन विभाग प्रमुखमा हरिसरण पाैडेल र सुचना तथा सञ्चार विभागमा अनिल अधिकारी नियुक्त हुनु भएकाे छ । पार्टीकाे अन्तराष्ट्रिय विभागमा मनराज भुजेल र उद्याेग तथा वाणिज्य विभागमा पारसमणी गेलाल नियुक्त हुनु भएकाे छ ।
अनुगमन विभागमा चित्र घर्ती र लेखा विभागमा विजय तिवारी, साँस्कृतिक विभागमा ऋषि गैरे, पर्यटन विभागमा निमादेवी शेर्पा, विद्यार्थी प्रमुखमा निराजन ढुंगाना, महिला विभाग प्रमुख भक्त कुमारी भुजेल नियुक्त हुनु भएकाे छ ।
वैठकले किसान विभाग प्रमुखमा श्रीराम घिमीरे र युवा संगठन प्रमुखमा याम ब. नेपाली र मजदुर फाँटमा खगेन्द्र भण्डारी नियुक्त हुनु भएकाे छ । वैठकले व्यापक रुपमा संगठन विस्तार, स्कुलिङ सञ्चालन गर्नुका साथै पार्टी कार्यक्रम जनतामा प्रचार गर्ने निर्णय गरेकाे छ ।
आसन्न स्थानीय निर्वाचनका सम्बन्धमा पार्टीको धारणा बनाउन बसेको सो बैठकले पार्टी संगठन र विभागिय जिम्मेवारीको हेरफेर समेत गरेको छ ।
निर्वाचन आयोगमा दर्ता भई स्याउ चिन्ह प्राप्त गरेको सो पार्टीले देशव्यापी रुपमा संगठन विस्तार गर्दै गएको र देशभक्त, वामपन्थी शक्तिलाई एकतावद्ध गराउन विशेष पहलकदमी लिने जनाएको छ ।
२०७५ सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता हुँदा असन्तुष्ट भई नेकपा माओवादी केन्द्रलाई नै निरन्तरता दिदै आएको थियो । पछि सर्वोच्च अदालतको निर्णयले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काइदिएपछि भने सो समुहले नेकपा (गौरबशाली) पार्टी दर्ता गरेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.