बिश्वबिद्धालयका समस्याहरु तत्काल समाधान नगरे जनताका छोराछोरीले बिद्रोह गर्छन-नेता अनिल

डेली न्युजराप्ती       १९ श्रावण २०७८ २१:५७ मा प्रकाशित     1181 No Comments


हेमन्त वली श्रावण-१९,दाङ।
त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालय हरुमा शैक्षिक विकृति अत्याधिक मैलाएको भन्दै अखिल (क्रान्तिकारी) दाङ ले लमहीमा प्रदर्शन गरेको छ।

प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल(क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले नेपालका बिश्वबिद्धालयहरु दलालहरुको हातमा पुगेको बताए।
उनले बिश्वबिद्धालयहरुले बौद्धिक व्यक्तित्व उत्पादन गर्ने भन्दा बेरोजगार उत्पादन गर्ने कारखाना रुपमा संचालन भइरहेको जिकिर गरे। कोभिड महामारीमा उपयुक्त निर्णय लिन नसकेर बिश्वबिद्धालयहरुले बिद्यार्थीहरुको भबिस्य माथी खेलवाड गरेको प्रती कडा आपत्ति प्रकट गर्दै नेता अनिलले बिश्वबिद्धालयहरु राजनितिक दलको भागबन्डाबाट संचालित भएको बताए।
शैक्षिक क्षेत्रको नीति निर्माण गर्ने,बिज्ञ जनशक्ति उत्पादन गर्ने थलोमा राजनितिक पार्टीका अन्धभक्तहरु नियुक्ति गरेको भन्दै नेता अनिलले तत्काल राजनितिक नियुक्ति खारेज गर्न माग गरे।उनले निजि शैक्षिक बिधालय मार्फत शैक्षिक पसल खोल्ने कार्य बन्द नगरे श्रमजीवी जनताका छोराछोरीले बिद्रोह गर्ने उद्घोष गरे।
नेता अनिलले नेपालका विश्वविद्यालय हरुमा वैज्ञानिक अध्ययनहरु न्यून रहेको र यसलाई राज्यले व्यापक रुपमा विस्तार गरेर सबै तहका विद्यार्थीहरुले निशुल्क रुपमा अध्ययन गर्ने वातावरण तयार गर्न आग्रह गरे।
आंगिक क्याम्पसहरुमा प्राइभेटका नाममा विद्यार्थीहरु बाट चर्को शुल्क असुल गरेर आर्थिक शोषण गरेको , अप्लाइड कोर्स विपन्नले पढ्न नपाएको र त्यसबाट विभेद जन्मिरहेको , राज्यको गलत नितिका कारण विश्वविद्यालयहरुमा समस्या दैनिक बढिरहेको, त्रिभुवन विश्वविद्यालय लगाएत सबै विश्वविद्यालयका प्राध्यापकहरुले समयमै कोर्स नसक्नु,समयमै प्रयोगात्मक कक्षा नसक्नु तथा विश्वविद्यालयहरुले परिक्षा प्रणालीमा कुनै सुधार नल्याउनुले विद्यार्थी हरुलाइ सास्ती भएको, शिक्षण र अनुसन्धानमा सुधार नगरी विश्वविद्यालय हरुले गुणात्मक फड्को मार्न नसक्ने नेता अनिलको भनाइ थियो। एक अर्को प्रसंगमा बिद्यार्थी नेता अनिलले यो पुजीवादी व्यवस्थामा जतिसुकै सरकार र मन्त्री बदलिए पनि विश्वविद्यालयको शैक्षिक गुणस्तरमा कुनै फेरबदल नआएको दाबी गरे।यो दलाल संसदीय व्यवस्था लाई खारेज गरेर समाजवादी राज्यव्यवस्था स्थापना गर्ने नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एजेन्डामा सबै उत्पीडित विद्यार्थीहरु गोलबन्द हुन समेत नेता अनिलको अपिल थियो।
प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर खड्काले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार