पत्रकार महासंघ दाङ शाखाको परिसरमा सरसफाइ

डेली न्युजराप्ती       १२ श्रावण २०८० ०९:२२ मा प्रकाशित     178 No Comments

घोराही,साउन १२ । नेपाल पत्रकार महासंघ दाङ शाखाको परिसरमा सरसफाई गरिएको छ ।

बिहिवार पत्रकार महासंघ महिला विभागको आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो ।

कार्यालयलाई सफा सुग्घर बनाउँने अभियान अन्तर्गत महासंघको कार्यसमितिका सदस्यहरुको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

महिला विभागका संयोजक बसुन्धरा गौतमको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा सरसफाई कार्यक्रममा उपाध्यक्ष सन्तोष सुवेदि, सचिव आर.के. शितल,सहसचिव दिप्तिशिखा चौधरी,कार्यसमिती सदस्यहरु यमकला भुसाल,अन्जना चौधरी,उमा भण्डारी, जीवन नेपाली ,गिरिराज नेपाली ,कुलदिप न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको शहजीकरण महिला विभाग सह- संयोजक दिप्तीशिखा चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार