‘जनपत्रिकाले जनताको पक्षमा कुनैपनि मूल्यमा लड्नुपर्दछ’

डेली न्युजराप्ती       २ श्रावण २०७९ १९:५९ मा प्रकाशित     223 No Comments

क्रान्तिकारीहरुको आस्थामाथि प्रहार गर्ने अवसरवादीहरु विरुद्ध जनसञ्चार क्षेत्रले लड्नुपर्छ : विप्लव
मानव जातिले सञ्चारको प्रयोग धेरै समयदेखि गर्दै आएको छ । हाम्रा पुर्खाहरुले विभिन्न तरिकाले यसको प्रयोग गर्दै आएको छ । वर्गहरुको उदय भएदेखि यसले पक्षधरता लिएको छ । २१ औं शताब्दीमा सञ्चारलाई पुँजीवादले कब्जा गर्न खोजेको छ । अहिले सबैभन्दा बढी भएको क्रान्ति सुचना क्रान्ति हो । यसको नकरात्मक पक्ष भनेको के हो भने सूचना सञ्चार विस्तारै जनताको हातबाट खोसिने र मालिकहरुले दमन गर्ने हतियारको रुपमा प्रयोग गरिदै आएको छ । साम्राज्यवादीहरुले सूचना सञ्चारको आफ्नो अनुकूल प्रयोग पनि गरिरहेको छ । हाम्रो पुर्खाले मानव जातिका लागी प्रयोग गर्दै आएको सुचना सञ्चार पुँजीवादले दुरुपयोग गर्दै आएको छ । साम्राज्यवादले आफ्नो जनताको सूचना र सञ्चारमाथि कब्जा गर्ने र न्यायप्रेमी जनतामाथि दमन गर्न प्रयोग गर्दै आएको छ तर हामीले जनताको पक्षमा प्रयोग गर्नुपर्छ भनेर लडिरहेका छौं । पुँजीवादले जनता र देशमाथि दमन गरिरहेको बेला यसको विरुद्ध लडिरहेका छन् । देशमा दुर्घन्धित हावाहरु च्लिरहेको छ । देशको सार्वभौमसत्ता र राष्टिय स्वाधीतनता खतरामा छ । नेपालको राजनीतिक प्रणाली अस्थीर बन्दै गइरहेको छ । मन्त्री बन्ने दौडधुप चलिरहेको छ र देशको सम्पत्ति लुट्ने काम भइरहेको छ । साम्राज्यवादका एजेण्टहरुको रुपमा संसदीय दलहरु लागिरहेका छन् । जनताप्रति कुनै उत्तरदायी नहुने समस्या गम्भीर छ । यो व्यवस्था दिल्लीबाट सञ्चालित व्यवस्था हो । बन्दुकको बलमा संसदीय व्यवस्था चलिरहेको छ । देशका युवाहरु यसबाट सन्तुष्ट छैनन् । तर संसदीय दलहरु बन्दुकको बलमा शासन गरिरहेका छन् । महंगी दिनप्रतिदिन बढिरहेको छ । चामलको मूल्य आकासिएको छ । नागरिकका जीवन क्षतिविक्षत बनिरहेको छ । आर्थिक क्षेत्र तहसनहस भइरहेको छ । यस्तो संकटको बेलामा देशको रक्षा गर्ने सञ्चार माध्यम चाहिएको छ । जनताको पक्षमा खरो लड्ने सञ्चार माध्यम चाहिएको छ । जनताको पक्षमा लड्ने सञ्चार क्षेत्र चाहिएको छ । जनताको आकांक्षालाई सम्बोधन गर्ने र विदेशी अतिक्रमण गर्ने दलालहरु विरुद्ध सञ्चार माध्यम चाहिएको छ । कयौं सञ्चारमाध्यमहरु पैसाका लागी एमसीसीको विज्ञापन बजाइरहेका छन् । एमसीसी साम्राज्यवादी नीति हो । एमसीसीपछि एसपीपी आएको छ । सञ्चार माध्यम यसको पक्षमा हुनु दुखद् कुरा हो । कैयौं सञ्चार माध्यमहरुले यसको चाकडी गरिरहेका छन् । जनपत्रिका अनलाइन कुनै विदेशी एजेण्टहरुको जुठो खाएर होइन, देशको पक्षमा अग्रभागमा रहेर लड्ने छ । कुनै पनि मोर्चामा सबैभन्दा अगाडी बसेर लडाइ लड्नेछ । जनताको आवाज बुलन्द गर्नेछ । जनताको पक्षमा खरो ढंगले लड्नेछ । राज्य आतंकका विरुद्ध कुनैपनि मूल्यमा लड्नुपर्दछ । दलाल पुँजीवादको विरुद्ध सञ्चार क्षेत्रले लड्नेछ । दलाल पुँजीवादका विरुद्ध लडिरहेको बेला राज्यले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगायो । कैयौं सञ्चार माध्यमहरुले यसका विरुद्ध लड्नुभएको छ । हामीले तपाइहरुलाई धन्यवाद दिएका थियौं । अहिले पनि फेरि प्रतिबन्ध लगाउने प्रयत्न गरिरहेको छ । अहिले कयौं नेता कमरेडहरु जेलमा हुनुहुन्छ । कयौं घाइते हुनुहुन्छ । प्रतिबन्ध विरुद्ध हामीले प्रतिरोध संघर्ष गरेका हौं । त्यसका नेता हामी हौं । उनीहरुको पक्षमा हामी लडिरहेको कसैलाई मन परेको छैन । यसका विरुद्ध लड्ने सञ्चार माध्यम हामीलाई चाहिएको छ । नेपाली जनताको हितमा जुनसुकै हालतमा जनताको अधिकारको पक्षमा जनसञ्चार उत्रिनुपर्छ । जनताको जीवनको पक्षमा हरसमय लड्ने काम यो अनलाइनले गर्नेछ । यहाँका लुट खसोट गर्ने दलालहरुका विरुद्ध यो सञ्चारमाध्यमले लड्ने छ । दलाल प्रवृत्तिलाई सहयोग गर्ने सञ्चार माध्यमहरु पनि देखिएका छन् । विभिन्न अवसरवादी खाले प्रवृत्तिहरु रहेका छ्न् । उनीहरुलाई देशको कुनै चासो छैन । कम्युनिस्ट आन्दोलनमा देखिएको गलत प्रवृत्तिहरु विरुद्ध लड्न जरुरी छ । साम्राज्यवादीहरुको कोकोहोला, फिरेन्ते, घुमन्ते र मगन्तेहरु विरुद्ध लड्नुपर्छ । क्रान्तिकारीहरुको आस्थामाथि प्रहार गर्ने घुमन्ते फिरन्तेहरु विरुद्ध लड्नुपर्छ । देशका जाली फटाहा र दलाल पुँजीवादका विरुद्ध लड्नुपर्छ र यो संघर्षको मोर्चामा अनलाइनले भूमिका खेल्नुपर्छ । जुन दिनसम्म यहाँको दलाल पुँजीवाद ढल्दैन र वैज्ञानिक समाजवाद स्थापना हुँदैन तबसम्म युवाहरु यही बसेर लड्नुपर्छ । युवाहरु निराश हुनुहुँदैन । गाउँ र सहरबाट उठेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ । प्राकृतिक स्रोत साधनहरुले भरिएको देश दलालहरुले बेचेर खाएका छन् । पुर्खाहरुले नालापानी र टिष्टामा लडेर देश बचाएजस्तै नेपालमा अब अन्तिम लडाई लड्न्पर्छ । यो नेपाली जनताको आकांक्षा रहेको छ  र यो सम्भव छ । यसका लागी सञ्चार माध्यमले साथ दिनुपर्छ । यसले नेपाली जनताको सेवा गर्नुपर्छ । देश र जनतालाई दुःख पर्दा नेकपा अग्रभागमा उभिन्छ । देशभक्तहरु यसका लागी एक हुनुपर्छ । नेपाली सेना र प्रहरीले पनि दलाल पुँजीवादका विरुद्ध लड्न साथ दिनुपर्छ । देश जोगाउन संसारभरीका युवाहरु देशमा फर्किनुपर्छ त्यसपछि जनताको जीत सुनिश्चित रहेको छ ।

( www.janapatrika.com)को शुभारम्भको अवसरमा नेकपाका महासचिव विप्लवले गरेको सम्बोधनको सारसंक्षेप)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार