मोहन वैद्यलाई लगातार झड्का,छापामार संघर्ष गर्ने भन्दै बोगटीले बनाए नयाँ पार्टी

डेली न्युजराप्ती       ३० भाद्र २०८१ ०६:०३ मा प्रकाशित     90 No Comments

दाङ , ३० भदौ ।
मोहन वैद्य (किरण)लाई राजनीतिक रुपमा लगातार झड्का लागेको छ ।
किरणलाई जडसुत्रवादी भएको आरोप लगाउदै लगातार उनकै नेताकार्यकर्ताहरुले साथ छाडिरहेका छन् ।

धर्मेन्द्र बास्तोला , पूर्णसिंह लगाएतका नेताहरुले वैद्यलाई छाडेर नयाँ पार्टी घोषणा गरिसकेका छन् भने भर्खरै वैद्यबाट अलग भइ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (बिद्रोही) बनाएका वसन्त वोगटी , हरिकृष्ण गजुरेल लगाएतले नयाँ पार्टी वनाएका छन् ।

यसले वैद्यलाई सांगठनिक एवम राजनीतिक रुपमा ठूलो धक्का लागेको बिश्लेषकहरु बताउछन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विभाजित नेपाल कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय भेला सम्पन्न गरिएको छ।
पार्टीको प्रथम भेलाले संयोजकमा वसन्त बोगटी र सह-संयोजकमा हरिकृष्ण गजुरेललाइ चयन गरेको छ। त्यस्तै पार्टीले ४७ सदस्य केन्द्रीय समति गठन गरेको जनाएको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विभाजित भइ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बिद्राेही पार्टी गठन गरिएको थियो। पार्टीले देशभरबाट सहभागी भएका नेता कार्यकर्तालाइ प्रशिक्षण समेत दिएको सहसंयोजक गजुरेलले जानकारी दिएका छन्।

अब पार्टीलाइ थप व्यवस्थित गरेर देशभर गतिविधि बढाउने र भ्रष्टचारी,दलाली र घुसखोरीलाइ ठेगान लगाउने जस्ता कार्यक्रम भेलाले निर्णय गरेको संयोजक बोगटीले बताए। उनले भने यो पार्टी निर्माण गर्न धरै मिहिनेत गरेर यो स्थानसम्म आइपुगेका छौ,हामीलाइ यो पार्टी गठन गर्न नदिने ठूलो षड्यन्त्र गरिएको थियो तर हामीले हार नखाएर दुश्मनलाई पराजित गर्दै पार्टी घोषणा गर्न सफल भएको बताए। अब यस्ता षड्यन्त्रहरूलाइ परास्त गरेर जनताको पक्षमा काम गर्ने पार्टी निर्माण गर्दै अगाडि बढ्ने बताए।

नेपाल कम्युनिस्ट पार्टीलाइ मजुदुर,किसान र गरिखाने वर्गको एकमात्र पार्टी बनाउने लक्ष्यका साथ यो पार्टी निर्माण गरिएको सह-संयोजक गजुरेलले बताएका छन्। उनले भने पार्टी विभिन्न जिल्लामा निर्माण हुने क्रममा रहेकोले स्वाधीनताको पक्षमा रहेका सम्पूर्ण देशभक्त युवाहरूलाइ पार्टीमा समाहित गर्दै पार्टीलाइ थप बलियो बनाउदै लैजाने नेता गजुरेलले बताए।

पार्टीले यो भेलाबाट थप उर्जाका साथ देशभर संगठन विस्तार गरेर मुक्ति क्रान्तिलाइ व्यवस्थित बनाउदै छापामार युद्धसम्म जाने निर्णय गरेको नेता गजुरेलले बताए।

स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापना गर्न राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको बाटोमा दृढ्तापूर्वक अघि बढने पार्टीले जनाएको छ ।

त्यस्तै भेलाकाे अध्यक्ष मण्डलमा इन्दीरा अधिकारी,कुमार घताने र विकल्प रहेका थिए भने विद्राेही नेताहरूमा शिलु न्याैपाने,तेज विक्रम शाही र सुनिता बुढाथाेकीलगायतकाे सहभागिता रहेको थियोे। 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार