एसपीको नाम बेचेर प्रती ट्याक्टर ३० हजार घुस माग्ने दाङका घुमुवा प्रहरी कारवाहीमा

डेली न्युजराप्ती       २६ आश्विन २०७८ १९:४५ मा प्रकाशित     618 No Comments


दाङ। जिल्ला प्रहरी कार्यालय दाङमा एसपी सुरेश काफ्ले जिल्लामा आए देखि कानुन बिपरित गलत काम गर्ने जो कोही पनि कार्वाहीमा परेका छन ।

यस्तै तुलसीपुरमा बालुवा,गिट्टी ओसार्न दिने सर्तमा ट्रयाक्टर ब्यबसायीसंग प्रति ट्याक्टर ३०/ ३० हजारको दरले घुस खाएको उजुरी एसपीको कानमा परे पछि तुलसीपुर क्षेत्रमा कार्यरत ३ जना साधा पोशाकका प्रहरीहरु,देबेन्द्र मल्ल,कर्न वली,जमान खड्का लगाएत जिल्लामा कार्वाहीको लागि तानिएका हुन ।

स्रोतका अनुसार ४/५ जना ट्रयाक्टर ब्यबसायीबाट बालुवा गिट्टीको अबैध तस्करी गर्ने दिने सर्तमा केही घुमुवा प्रहरीले दाङका एसपी सुरेश काफ्लेको नाम बेचेर पैसा असुलेका थिए ।एसपीको नाम गलत ढंगले भजाएर आँफूहरुसंग रकम असुलेको ब्यबसायीको मौखिक गुनासोको आधारमा उनीहरुमाथि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङमा तानिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

त्यस्तै ती प्रहरी अधिकारीले कसुर पुष्टि भए बिभागिय कारबाही देखि जागिरबाटै निकाल्ने सम्मको कारबाही हुन सक्ने संभावना रहेको बताए । तुलसीपुर क्षेत्रबाट यसअघि पनि सर्वसाधारणको गुनासोको आधारमा घुमुवा प्रहरीलाई जिल्ला तानेर बिभागिय कारबाही गरिएको ती प्रहरी अधिकारीले जानकारी दिए ।

दाङ जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा एसपी सुरेश काफ्ले जिल्लामा आएपछि गलत काम गर्नेहरुलाई धमाधम कारबाही सुरु गरिएको ती प्रहरी अधिकारीले बताए ।
sidhapatra

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार