तुलसीपुरका गाउँगाउँमा विप्लवका कार्यकर्ता , राज्य षड्यन्त्रको भण्डाफोर अभियान चलाउदै

डेली न्युजराप्ती       २४ पुष २०८० ०५:४५ मा प्रकाशित     236 No Comments

हेमन्त प्रकाश ओली ।

पौष २४ , तुलसीपुर । नेत्रविक्रम विप्लव सी नेतृत्वको नेकपाका नेताकार्यकर्ताहरु यतिबेला तुलसीपुरका विभिन्न गाउँमा भेटिने गरेका छन् ।

राज्य षड्यन्त्रको भण्डाफोर तथा पार्टी संगठन सुदृढ अभियानको शिलशिलामा उनिहरु गाउँगाउँ पुग्ने गरेका हुन् ।

नेकपा केन्द्रीय समितिको बिशेष बैठकले देशव्यापी दुई महिने अभियान चलाउने निर्णय गरेपछी अहिले विप्लव नेतृत्व नेकपाले देशव्यापी अभियान चलाइरहेको छ ।

केहि समयअघि सो पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड सी लगाएतका नेताकार्यकर्तालाई अदालतले पक्राउ पुर्जी जारी गरेपछी नेकपा आन्दोलित भएको हो ।

तीन बुदे सहमतीको गम्भीर उलंघन भएकाले पक्राउ पुर्जी खारेज गर्न नेकपाले वक्तव्य नै जारी गरेको थियो । साथै नेकपाले पक्राउ पुर्जी साम्राज्यवादको निर्देशनमा यहाँका दलालहरुको षड्यन्त्र भएकाले २ महिने अभियानमा राज्य षड्यन्त्रको भण्डाफोर गरिने बताएको छ ।

यता नेकपा तुलसीपुर उपमहानगर कमिटीले उपमहानगरपालिकालाई २ वटा कमान्डमा बिभाजन गरि अभियान चलाएको छ । एउटा कमान्डको नेतृत्व उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले गरिरहेका छन भने अर्को कमान्डको नेतृत्व गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनीका इन्चार्ज रुद्र सीले गरिरहेको नेकपाले जनाएको छ ।

नेकपा तुलसीपुरले उपमहानगरका पहलुवा , बाँसगढी बिजौरी लगाएतका ठाउँमा जनतासंग भेटघाट गर्नुका साथै सेल कमिटी , वडा कमिटी गठन / पुनर्गठन गरेको जनाएको छ ।

यस्तै नेकपा पश्चिम दाङ अन्तर्गत शान्तिनगर , दंगिशरण , बबई गाउँपालिकामा पनि अभियान चलिरहेको पार्टीका जिल्ला सचिव निर्मल सीले जानकारी दिए ।

यता घोराहीमा पनि नेकपाले पार्टी संगठन सुदृढ तथा विस्तार एवम राज्य षडयन्त्रको भण्डाफोर अभियानलाई नियमित र व्य्वस्थित ढंगले चलाएको जनाएको छ ।

नेकपा पुर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सीले अभियान अन्तर्गत घोराही १० मा  गाउँ भेला सम्पन्न गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार