मावि तुलसीपुर सेन्टरमा २५ करोडको डिपीआर तयार

डेली न्युजराप्ती       २० माघ २०७८ १४:१९ मा प्रकाशित     414 No Comments


तुलसीपुर, २० माघ । माध्यामिक विद्यालय तुलसीपुर सेन्टर स्कुल मेघा विद्यालयको सूचिमा पर्न सफल भएको छ । संघिय संकारकारको मेघा विद्यालय कार्यक्रम अनुसार तोकिएका १५ वटा मापदण्ड पुरा परेपछि मावि सेन्टर स्कुल मेघा विद्यालयको सूचिमा परेको हो ।

यो विद्यालयसंगै मेघा विद्यालयको सूचिमा पर्ने विद्यालयको संख्या देशभरबाट २१ वटा रहेको छ भने दाङबाट मावि सेन्टर स्कुल मात्र परेको छ । विद्यालय छनौटका लागि विद्यार्थीको संख्या, तीन बर्षको शैक्षिक उपलपब्धी, विद्यालयको जग्गाजमिन–आम्दानी, प्राविधिक शिक्षा, प्रयोगशाला, दरवन्दी लगाएतका १५ वटा बुँदालाई आधार मानिएको थियो ।

संघिय सरकारले शैक्षिक सुधारका लागि आधारभुत सुविधा सहितको ठूला विद्यालयको अवधारणा अनुसार मेघा विद्यालयको रणनीतिअघि सारेको हो । एकहजार आठ सय ४० जना विद्यार्थी रहेको मावि सेन्टरमा इलेक्ट्रीकल्स, आईटी र ल्याब गरेर तीन धारको प्राविधिक शिक्षाको पढाई भइरहेको छ ।

भवनकालागि २५ करोडको डिपीआर
मेघा विद्यालयको सूचिमा परेपछि आधुनिक, सुविधा सम्पन्न लिप्ट सहितको भवनकालागि २५ करोडको डिपीआर समेत तयार भएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो । प्रधानाध्यापक पौडेलका अनुसार पाँचसय छात्र–छात्रा अट्न सक्ने क्षेमताको दुईवटा छात्र–छात्राबास भवन, २४ कोठाको प्रयोगशाला भवन, ३२ कोठाको एक्याडेमिक भवन, हलसहितको प्रशासनिक भवन, अन्डरग्राउण्डेड सहितको पार्कीङ निर्माण गरिने छ । जहाँ विद्यालयका प्रिन्सीपलको आवासको समेत व्यवस्था गरिएको छ ।

दाङमा सयौं विघाह जमिन भएका विद्यालयहरु धनी भएर पनि उचित व्यवस्थापनको अभावमा शिक्षा र आर्थिक रुपले गरिब भइरहँदा मावि सेन्टरले भने छोटो समयमा आर्थिक स्रोतको पहिचान गर्दै आफुलाई शैक्षिक अवस्थामा अब्बल र धनी तुल्याएको छ । तुलसीपुर उपमहागनरपालिकामा २०७४ सालदेखि एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर २ लाख राशीको पुरस्कारलाई अहिलेसम्म फुत्कीन दिएको छैन भने आइटीमा पनि स्थापनाकालदेखि उत्कृष्ट नम्बर ल्याएर चर्चा बुटुलेको छ ।

मानिसको जीवन बनाउने महान पेशाम छु भन्ने सोचका साथ शिक्षक लाग्ने हो भने जुनसुकै विद्यालयमा रहेर पनि शिक्षामा व्यापक सुधार ल्याउन सकिन्छ भन्ने कुरा भागवत सरसंग सिक्न सकिने विद्यायका आइटी डिपार्टमेन्ट प्रमुख आइटी इन्जिनियर शिशीर पौडेलले बताउनुभयो ।
‘उहाँले आर्थिक स्रोतको पहिचान गर्नुहुन्छ । स्थानीय तह, प्रदेश, संघ, मन्त्रालय कतैपनि प्रस्तावन पेश गर्न छोड्नुहुन्न । लागिरहनुहुन्छ । विद्यालयको आफ्नै बस छ । २५ करोडको संरचना निर्माणको काम यसै बर्षदेखि सुरु हुँदैछ । आज सरकारी मानसिकताको जागिर मात्र सोचेको भए यो सम्भव थिएन । त्यसकारण मैले उहाँबाट सिक्नुपर्छ भनेको हुँ ।’ इन्जिनियर पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार