जेनजी प्रदर्शनमा तोडफोड भएको कृष्णसेन इच्छुकको शालिक विप्लवको पार्टीले पुनर्स्थापना गर्ने

डेली न्युजराप्ती       ३० भाद्र २०८२ २०:३९ मा प्रकाशित     292 No Comments

घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङले भालुवाङमा रहेको सहिद कृष्णसेन इच्छुकको सालिक अवलोकन गरेको छ । जेनजीको प्रदर्शनको क्रममा तोडफोड भएको कृष्णसेनको सालिक पार्टीले आज आइतबार अवलोकन गरेको हो ।

पार्टीका जिल्ला इञ्चार्ज सविन सीले गत भाद्र २४ गते बेलुका जेनजी आन्दोलनमा घुसपैठ गरेका अपराधीहरूले अमर सहिद कृष्णसेन इच्छुकको दाङको भालुबाङमा रहेको सालिक तोडफोड गरेको बताउनुभयो।
उहाँले कृष्णसेनको सालिक तोडफोड भएको स्थानमा पुगेर अवलोकन गर्दै उक्त कार्यको भत्सना गर्नुभएको छ । साथै छिट्टै सालिक पुनर्स्थापना गर्ने अठोटसहित स्तम्भमा इच्छुकको फोटो स्थापित गरिएको उहाँले बताउनुभयो ।

 
पार्टीका जिल्ला इञ्चार्ज सविन सीको नेतृत्वमा  नेताकार्यकर्ताहरु कृष्णसेनसेनको सालिक अवलोकन गर्न भालुवाङ पुगेको थिए । सो अवसरमा पार्टीले तोडफोड भएको सालिकमा कृष्णसेनको फोटो समेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार