नेकपा घोराही वडा नं. १ र २ को संयुक्त बैठक सम्पन्न , समाजवादका पक्षमा कार्यक्रम गर्ने निर्णय

डेली न्युजराप्ती       १४ जेष्ठ २०८१ १७:३६ मा प्रकाशित     254 No Comments

जेठ १४ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटी अन्तर्गत वडा नं. १ र २ को संयुक्त बैठक सम्पन्न भएको छ ।

सोमबार सम्पन्न संयुक्त बैठकले समाजवादका पक्षमा कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

बैठकले वडामा समाजवादको अपरिहार्यताको बिषयमा राजनीतिक अन्तरक्रियाहरुको आयोजना गर्ने , पार्टीको केन्द्रीय योजनाको मर्म अनुसार संगठन विस्तार अभियान चलाउने , वडा तहमा लघुवित्त , मिटरव्याज , गुण्डागर्दी विरुद्ध संघर्ष चर्काउने , कम्युनिस्टहरुको एकता , सहकार्य र ध्रुवीकरणका लागि पहल गर्ने निर्णय गरेको वडा नं.१ र २ का इन्चार्ज चुलुवा सीले जानकारी दिनुभयो ।

बैठकका प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन जंगली सीले प्रशिक्षणात्मक मन्तव्य राख्दै कम्युनिस्टहरुको एकता , सहकार्य र ध्रुवीकरणले मात्रै अहिलेको संकटबाट देशलाई निकास दिन सकिने बताउनुभयो।

उहाँले भन्नुभयो – ‘ बिश्वभरी कम्युनिस्ट जनमतका विरुद्ध अनेकौ षड्यन्त्र र घेराबन्दीहरु चलेका छन् । नेपालमा पनि कम्युनिस्टहरुलाई एकताबद्ध हुन नदिन प्रतिक्रियावादीहरु तथा अमेरिकी साम्राज्यवादले षडयन्त्रका तानाबाना बुनिरहेको छ । कम्युनिस्टहरुका लोकप्रिय नाराहरु चोरेर प्राण धानिरहेको

पुजीवादी संसदीय व्यवस्था मरणासन्न अवस्थामा पुगेको छ । यहाँ एमसिसी प्रोजेक्ट मार्फत अमेरिका सिधै नेपाल जनतासंग लड्न आएको बेला हामी सचेत र सजक हुनुपर्ने भएको छ ।’

कम्युनिस्ट एकआपसमा लड्ने समय अब नेपालमा सकिएको छ , नेता पाटनले भने,‘ नेपालका कुनैपनी कम्युनिस्टहरु हाम्रा दुश्मन होइनन् । नेपालका कम्युनिस्टहरुलाई एकआपसमा भिडाएर साम्राज्यवादले अर्कै गर्न खोजेको छ , यो लुकाउने कुरा होइन । यहाँ अमेरिकी साम्राज्यवादले सामरिक महत्त्वको भुभागलाई कब्जा गरि चिनका विरुद्ध लडाइको कुचेस्टा गरिरहेको छ । अहिले चलिरहेका रुस -युक्रेन युद्ध , इजरायल – प्यालेस्टाइन युद्ध लगाएत तमाम नरसंहारहरु अमेरिकाको डिजाइनमा भइरहेका छन् । त्यसैले अहिले हामिले भनेका छौँ , साम्राज्यवादका विरुद्धमा लडाइँका सबै मोर्चाहरु खुल्ला गरेर जानुपर्दछ । चुनाव होस वा जनसंघर्ष यी दुबैको माध्यमबाट साम्राज्यवादलाई परास्त गर्नुपर्ने भएको छ । चुनाब पनि अब समग्र क्रान्तीको मोर्चा बन्नुपर्दछ ।’

नेता पाटनले नेकपाले अघि सारेको नेपाली बिशेषताको समाजवादले मात्रै नेपालमा देखिएका सबै संकटको निकास दिने भएकाले सम्पुर्ण कम्युनिस्ट ,बामपंथी , लोकतान्त्रिक , गणतन्त्रवादी शक्तीहरु एकठाउँमा उभिनुपर्ने बेला आएको स्पष्ट पार्नुभएको थियो ।

नेता छोटिलाल सीको अध्यक्षता एवम सञ्चालनमा बसेको बैठकमा नेकपा घोराहीका इन्चार्ज विकाश सी , पार्टीका घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सी , पार्टीका घोराही वडा नं. १ र २ का इन्चार्ज चुलुवा सी , पार्टीका जिल्ला सचिवालय सदस्य दान बहादुर सी , घोराही -४ का सेक्रेटरी बिष्णु सी लगाएतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार