जनपत्रकार संगठन नेपाल, अछाम द्वारा पत्रकार महासंघ जिल्ला शाखा अछामलाई ५ बुदे

डेली न्युजराप्ती       १५ माघ २०७८ ०७:५६ मा प्रकाशित     386 No Comments

ज्ञापनपत्र बुझाएको छ। शुक्रबार जनपत्रकार संगठन नेपाल , जिल्ला समिति अछामले महासंघ लाई मर्यादित, अनुशासित र जिम्मेवार बन्न विभिन्न मागहरू राखि ज्ञापनपत्र बुझाएको थियो। महासंघ शाखा अछामका अध्यक्ष खम्म खत्रीले महासंघको हितमा रहेका जायज मागहरुको सम्बोधन गर्न सस्थागत रुपमा पहल चाल्ने बताउनु भयो।
नेपाल पत्रकार महासंघ थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन जनपत्रकार संगठन नेपाल, जिल्ला समिति अछामले तपशिल बमोजिममा ज्ञापनपत्र पेश गरेकाे छ :-
१) श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिडका कारण रोजगार गुमाएका संचारकर्मिको पुनर्स्थापना, राहत र स्वास्थ उपचारका लागि पहल गरियोस् ।
२) सदस्यहरूको सुद्धिकरण गरि महासंघलाई मर्यादित, अनुशासित र जिम्मेवारी बनाईयोस्। महासंघको सदस्यता प्राप्त गर्ने सन्दर्भमा देखिएका समस्याहरू हल गरियोस्। पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस्।
३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट संचालन गर्न पहल गरियोस् ।
४) समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गरियोस् ।
५) पत्रकारहरुको वृद्ध विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार