चन्द्रौटामा नेकपाद्वारा भारतको नेपाली भुमी समेटिएको नक्साको बिरोधमा मसाल जुलुस प्रदर्शन!

डेली न्युजराप्ती       २३ जेष्ठ २०८० ०७:२४ मा प्रकाशित     116 No Comments

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीले अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु भारतमा गाभिएको विरोधमा जनप्रदर्शन तथा कोणसभा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी पूर्वी जिल्लाले ताैलिहवामा स्थानीय जनतासहित जनप्रदर्शन तथा काेणसभा गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु जिल्लाले पनि चन्द्राैटामा स्थानीय जनतासहित मसालजुलुस सम्पन्न गरेको छ ।
कपिलवस्तु तौलिहवाको बुद्ध पदम विद्यालयको प्राङ्गनबाट सुरु भएको जुलुस प्रदर्शन मुकाम परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभामा परिणत भएको थियो । काेणसभालाई नेपाल कम्युनिस्ट पार्टीका पूर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सीले सम्बाेधन गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी दिपक सीले गरेको बताइएको छ ।

यसैगरी भारतले आफ्नो ससंदभवनमा राखेको अखण्ड भारतकाे नक्सामा नेपालको कपिलवस्तु, लुम्बिनीलाई समावेश गरेकाे विरोधमा नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु जिल्लाले चन्द्राैटामा स्थानीय जनतासहित मसालजुलुस गरेको छ । मसाल जुलुसकाे नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी र जिल्ला सचिव पाबेल सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार