दाङको तुलसीपुरमा विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

डेली न्युजराप्ती       २६ श्रावण २०७८ १३:४० मा प्रकाशित     928 No Comments

न्यूजराप्ती श्रावण-२६,तुलसीपुर।
दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ बसोबास गर्दै बिभिन्न राजनितिक दलमा आवद्ध भइ सक्रिय राजनीति गर्दै आएका ६ जना नेता-कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन।
आज एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपामा प्रबेश गरेको जनाएका छन।
बिज्ञप्तिमा संसदीय व्यवस्था र संसदवादी दलहरुबाट देश र जनताको मुक्ती नहुने भन्दै नेत्र बिक्रम चन्द”विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेको उल्लेख गरिएको छ।
यस्तै बिज्ञप्तिमा एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा दृढतापुर्वक लाग्ने घोषणा समेत गरिएको छ।
पार्टी प्रबेश गर्नेहरुमा नेकपा एमालेमा आबद्ध इन्द्रलाल बिक,इन्द्र प्रसाद गिरि,नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) वडा नं.३ सल्लाहकार चन्द्र बहादुर खड्का र स्वतन्त्रबाट साजन योगि,टेक बहादुर बिक र धुर्व बिक रहेका छन।

प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

पार्टी प्रबेशको संयुक्त प्रेस बिज्ञप्ति
प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार