भदौ २२ , दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ३ सदस्यीय टोली घोषणा गरेको छ ।
असोज १३ गते हुन गइरहेको निर्वाचनका लागि सम्पुर्ण कामकाजलाइ व्यवस्थित गर्नका लागि रेवन्त श्रेष्ठको नेतृत्वमा २ जना सदस्यहरु बिक्रम चन्द र मोहन बुढासहितको ३ सदस्यीय टोली घोषणा गरिएको नेकपाले जनाएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावी माहोल नजिकिदै जाँदा नेकपा निकट राष्ट्रिय उधोग बाणिज्य महासंघले पनि महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठको संयोजकत्वमा निर्वाचन समबन्धीका सम्पुर्ण कामकाज, राजनीतिक छलफल , भेटघाट , चुनावी तालमेल लगाएत कामका लागि समिती बनाएको हो ।
शुक्रबार राष्ट्रिय उधोग बाणिज्य महासंघका जिल्ला अध्यक्ष रेवन्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य एवम पुर्वी दाङ इन्चार्ज सम्झना , युवा संगठन नेपाल पुर्वी दाङका अध्यक्ष पदम सी लगाएतको आतिथ्य रहेको थियो ।
यसपटकको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनलाई सवैले अत्यन्त जिज्ञासाका साथ हेरेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.