प्यावसन घोराहीका बिधालयहरु आगामी शुक्रवारसम्म बन्द हुने

डेली न्युजराप्ती       ३१ जेष्ठ २०८० १३:२० मा प्रकाशित     117 No Comments

घोराही । दाङको घोराही उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरुमा आगामी शुक्रबारसम्म पठनपाठन बन्द रहने भएको छन। आजसम्म पठनपाठन स्थगित गरिएको भए पनि अत्यधिक गर्मीका कारण विदा थप गरिएको हो ।
यसअघि जेठ २६ गतेदेखि ३१ गतेसम्म गर्मी बिदा गरेको घोराही नगर प्याब्सनले आज एक विज्ञप्ति जारी गरी शुक्रबारसम्म बिदा थपेको जानकारी दिएको छ । संस्थागत विद्यालयहरु जेठ २६ बाटै बिदा भए पनि सामाजिक विकास महाशाखा घोराहीले जेठ २८ गतेदेखि आगामी शुक्रबार असार १ गतेसम्म गर्मी विदा दिएको थियो ।
अब घोराहीका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा असार ३ गते आइतबारबाट पठपाठन हुने भएको छ । नेपालमा अझै मनसुन भित्रिनसकेको र लामो समयदेखि दाङमा पानी नपरेका कारण गर्मी अत्यधिक बढ्दै गएको छ । गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक गर्मीमा बाहिर ननस्किन, घरभित्रै बस्न र बाहिर निस्कन परे पनि गर्मी कम भएको समयमा छाता प्रयोग गरेर मात्र निस्कन चिकित्सिकहरुले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार