पार्टी विभाजन भएको होइन केही मान्छेहरु क्रान्तीबाट भागेका हुन: विप्लव

डेली न्युजराप्ती       ३१ असार २०७९ १८:४० मा प्रकाशित     200 No Comments


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले हाम्रो पार्टी र आन्दोलनको विकास र आजको क्रान्तिको उचाईलाई पक्रन नसकेर केही मान्छेहरु अरुलाई क्रान्तिमा होमेर आफू भागेको बताउनुभएको छ। बिहिवार पार्टीको भक्तपुर जिल्ला कमिटीले भक्तपुरमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो।
सुदर्शन र कञ्चनहरुले रुपमा हेर्दा क्रान्तिको कुरा गरेको भएपनि सारमा नेपाली क्रान्तिको कार्यदिशा एकीकृत क्रान्तिलाई बुझ्न र आत्मसाथ गर्न नसकेपछि अलग्गिएको र उनिहरुले जुन निर्णय लिए त्यो कुनैपनि रुपमा क्रान्तिलाई फाइदा पुर्याउने उद्देश्यले होइन, उनिहरुले गरेको निर्णयले कोहि उत्साहित पनि छैनन , बरु इमानदार क्रान्तिकारी र शुभचिन्तक र समर्थकलाई चिन्तित बनाएको छ , उनले भने, हामिले क्रान्तिको यात्रालाई केन्द्रमा राखेर अगाडि बढ्छौ , देश , जनता र क्रान्ति भन्दा अरु कुनै पनि कुरा हामिले सोच्न पनि सक्दैनौ।प्रचण्डहरुले धोका दिएको स्थितिमा हामी खरानी बाट माथी उठेका हौ हामिलाई यसको मर्मवोध राम्ररी थाहा छ।’
प्रशिक्षण कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष बुढा, केन्द्रिय सदस्य आधार र जिल्ला इन्चार्ज आस्थाले प्रशिक्षण मन्तब्य राखेका थिए भने केन्द्रिय सदस्यहरु बन्धु चन्द, सुशील , महिला संगठन कि महासचिव राजकुमारी शाही अथितिको रुपमा रहनुभएको थियो।

कार्यक्रममा एकीकृत समाजवादी पार्टी परित्याग गरि रतन राई नेकपामा ध्रुबिकृत भयका थिए। जिल्ला सेक्रेटरी बिजयले अध्यक्षता गर्नु भएको प्रशिक्षणमा जिल्ला सदस्य नवीन बिष्टले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार