नेकपा निकट जनबर्गिय संगठनद्वारा मुल्यवृद्धी विरुद्ध थप संघर्षका कार्यक्रमहरु घोषणा

डेली न्युजराप्ती       २ मंसिर २०७८ १९:०४ मा प्रकाशित     586 No Comments


हेमन्त प्रकाश वली,दाङ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनबर्गिय संगठनहरुले पेट्रोलियम पदार्थको मुल्यवृद्धीका विरुद्ध थप संघर्षका कार्यक्रमहरु घोषणा गरेका छ्न।
बिहिवार संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै मुल्यबृद्धी विरुद्ध देशव्यापी रुपमा जनताहरु संघर्षरत रहदा समेत वर्तमान देउवा सरकारले अहिलेसम्म त्यसतर्फ ध्यान नदिएर आफ्नो जनबिरोधी चरित्र प्रदर्शन गरिरहेको बताइएको छ।

बिज्ञप्तिमा मुल्यबृद्धी विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेका नेपाल बन्द लगाएतका संघर्षका कार्यक्रमहरु नेपाली जनताको पुर्ण समर्थनमा सम्पन्न भएको प्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
संगठनका संयोजक/अध्यक्षद्वारा हस्ताक्षरित संतुक्त प्रेस बिज्ञप्तिमा पेट्रोलियम पदार्थको मुल्यबृद्धीका विरुद्ध मंसिर ३ गते बिहान १० बजे नेपाल आयल निगममा ज्ञापनपत्र पेश गर्ने,मंसिर ५ गते उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र पेश गर्ने,मंसिर ६ गते नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार