समाजवादको नारा लगाएर गरिखाने वर्गमाथिको प्रहार अक्षम्य अपराध हो:नेकपा कास्की

डेली न्युजराप्ती       ३ श्रावण २०७९ १०:४८ मा प्रकाशित     264 No Comments

पोखरा महानगरपालिकाले सुकुम्बासी वस्तिको उठिवास लगाएको घटनाप्रति नेकपाद्वारा घोर बिरोध
पोखरा। कास्किको पोखरा महानगरपालिकाले महानगरको वडा नं. ३३पिप्लेमा रहेका करिव ३०घर परिवारहरुको टहरा भत्काइ सम्वेदनाहिन र अमानवीय काम गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी कास्कीले विरोध जनाएको छ। सोमबार नेकपा कास्कीका सेक्रेटरी काजिले एक बिज्ञप्ति जारी गर्दै महानगरको निर्णय र कार्यको विरोध गरेका हुन।

सेक्रेटरी काजिद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘ पोखरा महानगरपालिकाको ३३ पिप्लेमा अवस्थित करिव ३० घर रहेको सुकुम्बासी वस्तिमा वल प्रयोग गरि महिला तथा वालबालिकाहरुलाई दुर्ववहार गर्दै नागरिक प्रतिको सामान्य दायित्व र सम्वेदनालाई समेत भुली सुकुम्बासीहरुको टहरा भत्काएको घटना प्रती हामी घोर भत्सर्ना गर्दछौ । भु-माफियाहरुले हजारौं रोपनी जमिन हडप्दा नदेख्ने, सार्वजनिक जग्गा निजि कम्पनीलाई भाडामा दिएकोमा मौन रहने र सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी राज्य आतंक मच्चाउनु शङ्कास्पद छ। सम्मानपुर्वक वाच्न पाउने र आवासको अधिकार सुनिस्चित गरिने भनेर मौलिक अधिकारको रुपमा समेत उल्लेख भएको वेला यसप्रकारको घटना घट्नु गरिव नागरिक प्रतिको अक्षम्य अपराध हो।सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था गर्न र उनिहरुलाई पुनर्स्थापना गर्न सम्वन्धित पक्षको ध्यानाकर्षण गर्दछौ। साथै वुद्दिजिवी,पत्रकार,मानव अधिकार कर्मी र राजनितीक दलहरुलाइ सहयोग र सहकार्यका निम्ति अनुरोध गर्दछौ।

विज्ञप्तीको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार