मुगु बस दुर्घटनामा मृत्युु हुनेको संख्या ३२ पुग्यो

डेली न्युजराप्ती       २६ आश्विन २०७८ १८:४१ मा प्रकाशित     558 No Comments


दाङ। मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । घटनास्थलमै २८ जना र उपचारका लागि नेपालगन्ज लगिएका ४ जनाको मृत्यु भएको जुम्ला प्रहरीले जानकारी दिएको छ ।

घटनामा अन्य १३ जना घाइते भएका छन् । उनीहरूमध्ये १२ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ । एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ः५० बजेतिर मुगुको छायाँनाथ रारा नगरपालिका– ७ पिना तप्नेखोलामा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार