नेकपा दाङद्वारा जनयुद्ध दिवसको पुर्वसन्ध्यामा घोराही र तुलसीपुरमा दिप प्रज्वलन

डेली न्युजराप्ती       १ फाल्गुन २०८१ २०:३४ मा प्रकाशित     191 No Comments

माघ ३० ,दाङ । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत घोराही र तुलसीपुर उपमहानगर कमिटीले जनयुद्धको पुर्वसन्ध्यामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन् ।
बुधबार पार्टीको तुलसीपुर उपमहानगर कमिटीले तुलसीपुरको बिरेन्द्र चोक र घोराही उपमहानगर कमिटीले सहिद गेटमा दिप प्रज्वलन गरेका हुन् ।

पार्टीका दुबै उपमहानगर कमिटीले जनयुद्धको ३०औं वर्षगाँठको पुर्वसन्ध्यामा दिप प्रज्वलन गरेको नेकपाले जनाएको छ ।

यस्तै नेकपाले जिल्लाका प्रमुख सहरहरुमा भोलि फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको जनाएको छ।

यसैविच नेकपाको जनयुद्ध दिवसको अवसरमा घोराही उपमहानगर कमिटीले आजै घोराहीको भानु चोकमा जेब्रा क्रसिङ समेत निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार