सुनसरीमा बस र ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको जलेर मृत्यु

डेली न्युजराप्ती       २२ माघ २०७८ ०९:१२ मा प्रकाशित     260 No Comments


सुनसरी,२२ माघ/ सुनसरीको कोशी गाउँपालिका -१ मा बस र ट्रक ठोक्किँदा आगलागी भएपछि तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन।

दुर्घटनामा २७ जनाभन्दा धेरै यात्रु घाइते भएका प्रहरीले जनाएको छ । झापाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व जाँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएपछि आगलागी भएको थियो।
मृतकको शव जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीले घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार