समाजवादी मोर्चाको बैठकले गर्यो यस्ता निर्णय , मोर्चामा अर्को समाजवादी दल पनि सहभागी

डेली न्युजराप्ती       २ श्रावण २०८१ ०६:४२ मा प्रकाशित     106 No Comments

शेरबहादुर विश्वकर्मा
२ साउन , २०८१ ।
काठमाडौँ । समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल बनाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य एवम् नेकपा प्रवक्ता  ‘प्रकाण्ड’ सी ले जानकारी दिए ।

प्रवक्ता प्रकाण्डले पत्रकारहरुसङ्ग प्रतिक्रिया दिदै नेकपा मशाल लगायतका कम्युनिस्ट पार्टीलाई मोर्चामा सामेल गर्न पहल र वार्ता गर्ने जानकारी समेत दिएका छन् ।

मंगलबार बसेको मोर्चाको बैठकले  महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा सहभागी गराउने निर्णय गरेको छ ।

प्रवक्ता प्रकाण्डले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको जानकारी दिए । प्रगतिशील र कम्युनिस्टहरूसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको उनको भनाइ छ । 

नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार