एमाले निकट अनेरास्ववियुको जालझेल: खेलकुद समितीको नाममा कमिटी गठन

डेली न्युजराप्ती       १३ फाल्गुन २०७८ ०७:०७ मा प्रकाशित     434 No Comments


तुलसीपुर। पश्चिमदाङको बबई ६ स्थित भानुभक्त माध्यमिक विद्यालयमा गठन भएको अखील नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन अध्यक्ष यम वहादुर बुढाथोकी र सचिव रबिना अधिकारीले राजिनामा दिएका छन् । यम बहादुर बुढाथोकीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको समाचार छहरा अनलाइन लगायत विभिन्न संचारमा माध्यमा प्रशारण प्रकाशन भएका थिए ।

अध्यक्ष बुढाथोकीे र सचिव अधिकारीले आफूहरुलाई भ्रममा पारी संगठन गठन गरेको आरोप लगाएका छन् । खेलकुद समितिको नाममा पार्टीको भातृ विद्यार्थी संगठनमा आफूहरुलाई समावेश गराएको भन्दै राजिनामा दिएका हुन् । आज एक प्रेस विज्ञप्ति जारी अध्यक्ष र सचिव पदबाट राजिनाम दिएको उनिहरुले स्पष्ट पारेका छन् । ‘यो अखील नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन हो नभनि यो खेलकुद संगठनको समितिको भेला हो भनि भनेको हुँदा हामी एकदम उत्साहित भएर उक्त संगठन समितिको अध्यक्ष र सचिव रह्रयौ’, विज्ञप्तिमा भनिएको छ, ‘आज विहान रेडियो र अनलाइनमा समाचारमा खेलकुदको समिति नभई पार्टीको भातृ संगठनको नाममा अखील नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन हो भन्ने थाहा भयो ।’ ‘हामीलाई खेलकुद समितिको नाममा झुक्काएर पार्टीको भातृ विद्यार्थी संगठन गठन भएकाले हामीले आजकै मिति देखि उक्त संगठनको पदबाट राजिनामा दिएका छौ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हिजो अखील नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन बबईका अध्यक्ष शीब कुमार खत्री तथा अखील नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी संगठनका केन्द्रीय कमिटि सदस्य बर्षात भण्डारीको उपस्थितिमा कमिटी गठन गरिएको थियो।
बिज्ञप्तिको पुर्णपाठ:

छहरा अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार