काठमाण्डौ । मिटरब्याज पीडितहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तापछि पीडितहरुले आन्दोलन रोक्न सहमति जनाएका हुन् । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो । सरकार र पीडितबीच पाँचबुँदे सहमति भएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव प्रदीप कोइराला, उपसचिव जंगबहादुर डाँगी, उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक दिनेराज मैनाली र उपसचिव दिलकुमार तामाङले हस्ताक्षर गर्नुभएको छ । यस्तै, पीडितको तर्फबाट वार्ता समितिका संयोजक मनोज पासवान तथा सदस्यहरु श्यामकुमार चौधरी, सङ्घर्ष दाहाल, रामरिझन यादव र छेदिलाल पासवानले हस्ताक्षर गर्नुभएको छ । सरकारले समस्याको समाधान नगरेको भन्दै महोत्तरीबाट १२ दिन हिँडेर गएको आइतवार काठमाण्डौ गएका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.