नेकपा (क्रान्तिकारी माओवादी) द्वारा दाङका विभिन्न स्थानमा निर्वाचन बहिस्कार अभियान सम्पन्न

डेली न्युजराप्ती       १७ बैशाख २०७९ ०६:५७ मा प्रकाशित     275 No Comments


बैशाख १७,तुलसीपुर।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) लुम्बिनी प्रदेश को आयोजनामा “प्रतिक्रियाबादी स्थानीय निर्बाचन बहिष्कार गरौ ! नयाँ जनबादी क्रान्तिको तयारीमा जुटौ ” भन्ने नाराका साथ स्थानीय निर्वाचन बहिष्कार अभियान ११ देखि १६ गते सम्म दाङका दसवटै स्थानीय निकायका विभिन्न स्थानमा निर्बाचन बहिष्कार अभियान सम्पन्न गरेको छ।
११ गते दाङको अमेलियाबाट सुरु भएको बहिस्कार अभियान कार्यक्रममा अमेलिया ,राजपुर , गडवा,कालाकाटे , भालुवाङ ,सिसनिया ,लमही, सतबरिया, गोग्ली, घोराही ,नारायणपुर , नयाँगाउँ , सक्राम, बिजौरी ,तुलसीपुर बसपार्क र बिपि चोक, भमके , पातेटाकुरा ,जुम्लेकुला,बाघमारे , सुन्दरखाल ,हंसपुर , हापुरे ,रगैचा, थपगाँउ, हेकुली ,श्रीगाउँ लगाएतका गाउँ तथा शहरहरुमा बहिष्कार अभियान कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको सो पार्टीका नेता इश्वरी गैरेले जानकारी दिएका छन।
कार्यक्रम बर्दिया जिल्लाबाट नेकपा (क्रान्तिकारी माओबादी) का पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले उदघाटन गर्नुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) प्रदेश सचिव भुपेन्द्र न्यौपाने पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इञ्चार्ज समीर,केन्द्रीय सदस्य बिपिन,केन्द्रीय सदस्य प्रतिज्ञा चौलागाईं , थारु मुक्ति मोर्चाका महासचिव राम जि थारु , क्रान्तिकारी युवालिगका महासचिव भुकम्प लगाएत पार्टी मोर्चा का नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
बक्ताहरुले कथित स्थानीय निर्बाचन भ्रष्ट्रहरुलाई पाच बर्षका लागि ठेक्का दिने र हाम्रो भोटबाट उनिहरुले भ्रष्टाचार गर्ने लाइसेन्स प्राप्त गर्ने भएकोले निर्वाचन बहिष्कार गरेर सहयोग गर्न अपिल गरेका थिए। निर्वाचनमा अनेकौं जालझेल धाधली गर्न व्यापक राज्यसत्ताको दुरुपयोग गर्ने गुलियो नारा ल्याएर गाउँ गाउँमा आउने भएकोले जनता सजक रहन बक्ताहरुले जोड दिए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओबादी) प्रदेश सचिव भुपेन्द्र न्यौपाने , केस तथा दाङ जिल्ला इञ्चार्ज समीर केसि, केस बिपिन,केस प्रतिज्ञा चौलागाईं , क्रान्तिकारी युवालिग का महासचिव भुकम्प , थारु राष्ट्रिय मुक्तिमोर्चाका महासचिव राम जि चौधरी ,लुम्बिनी प्रदेश सदस्य प्रेम थापा,लुम्बिनी प्रदेश सदस्य तिलक बिक , दाङ जिल्ला सचिव नरेन्द्र बञ्जाडे , देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष इश्वरी प्रसाद गैरे अखिल (क्रान्तिकारी ) दाङ जिल्ला अध्यक्ष मनोज थापा ,लगाएतले मन्तब्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार