नेकपा दाङको चौथो पुर्ण बैठक सम्पन्न,पार्टी पुनर्गठन दिवस मनाउने निर्णय

डेली न्युजराप्ती       २२ कार्तिक २०७८ २१:४३ मा प्रकाशित     465 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङको चौथो पुर्ण बैठक सम्पन्न भएको छ।
जिल्लाको घोराहीमा सम्पन्न चौथो पुर्ण बैठकले मंसिर ८ गते पार्टी पुनर्गठन दिवशको अवसरमा काठमाडौ आयोजित विशाल जनसभालाई सफल बनाउन जिल्लामा व्यापक तयारी गर्ने,एमसिसी सम्झौता लगाएत बिकृती बिसंगती,लागुऔसध दुर्व्यसनी,मानव बेचबिखन,साम्राज्यवादी हस्तक्षेप वा अतिक्रमणको विरुद्ध आन्दोलन गर्ने,जिल्लामा संचालित संगठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियानलाई निरन्तरता दिने लगाएतका निर्णय गरेको छ।

बैठकमा जिल्ला कमिटी सदस्य,जिल्ला बिशेष कमिटी सदस्यहरुले कार्तिक १३,१४ र १५ गते दाङमा सम्पन्न युवा संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलननको समिक्षात्मक रिपोर्ट राखेका थिए भने समग्र जिल्ला कार्यालय रिपोर्ट जिल्ला सेक्रेटरी प्रदिपले राख्नुभएको थियो।
नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको अध्यक्षता तथा संचालनमा भएको बैठकमा प्रमुख अतिथि नेकपाका केन्द्रिय समिति सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितल,बिशेष कमिटी सदस्य एवम दलित मुक्ती मोर्चाकि केन्द्रिय उपाध्यक्ष सम्झना,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार