नेकपाका महासचिव विप्लवकि दिवंगत आमा आशिका देवी चन्दको स्मृतिमा श्रद्धाञ्जली सभा हुँदै

डेली न्युजराप्ती       २१ मंसिर २०७९ १२:३८ मा प्रकाशित     145 No Comments

मंसिर २१ , कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीकी आदरणीय दिवंगत आमा आशिका देवी चन्दको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
आज बुधबार कपिलबस्तुको शिवराजमा दिवंगत आमा आशिका देवी चन्दको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।

नेकपा केन्द्रीय समितीको आयोजनामा आयोजित श्रद्धाञ्जली सभा केही समयपछि सुरु हुने नेकपाले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको ९६ वर्षिय आमा आशिका चन्दको मंसिर १७ गते शनिबार कपिलवस्तु स्थिति आफ्नै निवासमा दुखद निधन भएको थियो ।

यसैबीच परम्परागत संस्कारको विकल्पमा जनसंस्कार र जनसंस्कृतिको अवलम्बन गर्ने पार्टीको निति बमोजिम आजको दाहसंस्कारसहित ५ औं दिनसम्म शिवगढीमा निम्न अनुसारका कार्यक्रम तय गरिएको थियो । १९ गते आमाको सम्झनामा बृक्षारोपण, २० गते बृद्ध आमाबुबालाई न्यानो कपडा वितरण, २१ गते समवेदना दिन आउने महानुभावहरुलाई भेटघाटको निरन्तरता र आजै शोक सभा कार्यक्रम गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार