राष्ट्रघाती एमसीसीविरुद्ध नेकपासहित ८ दलले माघ २६ गते संसद् भवन घेराउ गर्ने

डेली न्युजराप्ती       २४ माघ २०७८ ०८:४२ मा प्रकाशित     354 No Comments


काठमाडौँ: राष्ट्रघाती एमसीसी सम्झौतालगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त रूपमा आन्दोलन गर्दै आएका नेकपासहित ६ दल र दुई मोर्चाले माघ २६ गते संसद् भवन घेराउ गर्ने निर्णय गरेका छन् । आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौंमा बसेको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै ६ दल र दुई मोर्चाले २५ गते देशभर संयुक्त कोणसभा गर्ने, २६ गते काठमाडौँमा संसद् भवन घेराउ गर्ने र सोही दिन देशैभर जिल्ला सदरमुकामहरूमा प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।
संयुक्त वक्तव्य जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुती, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी छन् ।

संयुक्त प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक आज २०७८ माघ २३ गते नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बस्यो । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न आम देशभक्त जनसमुदायहरूसँग हामी गम्भीर अपिल गर्दछौँ ।’
रातोखबरबाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार