धर्मेन्द्र समूह फेरी फुटतिर!

डेली न्युजराप्ती       १८ श्रावण २०८२ २१:०१ मा प्रकाशित     305 No Comments

१७ साउन, काठमाडौ । नेकपा (बहुमत) समूह अन्ततः फेरी फुटको अन्तिम संघारमा पुगेको छ । पार्टी भित्रको अन्तरविरोध छताछुल्ल पार्दै एक अर्कालाई कार्वाही गर्ने देखि विज्ञप्ति निकाल्ने सम्म पुगेको छ ।
विप्लव नेतृत्वको नेकपाबाट ३ बर्ष अघि फुटेर धर्मेन्द्र वास्तोला (कञ्चन)ले नेकपा (बहुमत) बनाएका थिए ।
महासचिव आफै रहेका वास्तोलाले पार्टीको नीति र सिद्धान्त सहि बनाएर पार्टी चलाउन नसकेको भन्दै ३२ जना केन्द्रीय सदस्यहरुले धर्मेन्द्र ‘निशेधात्मक,अधिभूतवादी,स्वच्छाचारी र सर्वसत्तावादी’ भएको गम्भीर आरोप लगाएका छन ।
शुक्रवार एक संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै महासचिव आफै रहेका वास्तोलाले पार्टीको नीति र सिद्धान्त सहि बनाएर पार्टी चलाउन नसकेको भन्दै ३२ जना केन्द्रीय सदस्यहरुले उनी ‘निशेधात्मक,अधिभूतवादी,स्वच्छाचारी र सर्वसत्तावादी’ भएको गम्भीर आरोप लगाएका हुन ।
विज्ञप्तिमा अकल्पनीय ढंगबाट केहि जिम्मेवार कमरेडहरुमाथी मिच्या आरोप लगाउदै कथित निस्कासन र निलम्बनको वक्तव्य जारी गर्नु विखण्डित मानसिकताको उपच भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा महासचिव धर्मेन्द्रको चरम फुटवादी, विखण्डनकारी, निशेधात्मक अधिभूतवादी, गैर माक्र्सवादी प्रवृत्तिलाई उदांगो पारेको भनिएको छ ।
‘तेस्रो बैठकको अन्त्यतिर महासचिवद्वारा पार्टीको तत्कालीन नीति विपरीत सांगठनिक र कार्यविभाजनको प्रस्ताव आएको र उक्त प्रस्ताव उपर बहुसंख्यक सदस्यहरुको विरोधका बाबजुद जबर्जस्त रुपमा निरंकुशता लगाइएको’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘यसले के प्रष्ट हुन्छ भने उहाँ संगठनात्मक सिद्धान्त वा पार्टी र क्रान्तिको हित विपरीत निशेधात्मक अधिभूतवादी,स्वेच्छाचारी र सर्वसत्तावादी व्यक्तिको रूपमा व्यक्त हुनुभएको छ । यस प्रकारको गैरमाक्र्सवादी व्यबहारको हामी घोर भ्रत्सना गर्दछौं ।’
विज्ञप्तिमा नवौं महाधिवेशन लगत्तै दाङ जिल्लामा सम्पन्न केन्द्रीय समितिको दोस्रो पुर्ण बैठकदेखि केहि सैद्धान्तिक र मुलत सांगठनिक समस्याहरु देखिन पुगेको जनाईएको छ ।
समस्या सावधानका लागि ४९ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित केन्द्रीय कार्यालयमा ६ बुदे सुझाव सहितको असहमति पत्र दर्ज गरिएपनि समस्या समाधान नगरीको विज्ञप्तिमा उल्लेख छ ।
केही दिन अघि महासचिव वास्तोलाले पार्टीका केन्द्रीय सदस्य सरद रसाईली र पूर्ण रसाईलीलाई पार्टीबाट निस्कासन गरेको विज्ञप्ति जारी गरेका थिए ।
नेकपा बहुमत समूह भित्र यस प्रकारको बक्तव्यवाजीले पार्टी फुटको दिशातिर गएको सजिलै बुझन सकिन्छ । नेतृत्वमा हुनुपर्ने गुण र क्षमता वास्तोलामा पहिलेदेखि नै नभएका कारण विप्लवबाट फुटेको एक केन्द्रीय सदस्यले दाबी गरेका छन ।
विप्लवबाट विभाजन पछि केही समय बैद्यको नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा विलय भएका थिए । पुनः वैद्यबाट पनि धर्मेन्द्र समुह विभाजन भएको थियो । एउटा समूह सुदर्शनको नेृतत्वमा वैद्यसंगै वस्यो भने अर्को समूह पूर्णसिंहको नेतृत्वमा विभाजन भएको थियो । विप्लवबाट फुटेदेखि धर्मेन्द्र समूह सुदर्शन, पूर्णसिंह, खेमथपलिया र धर्मेन्द्र सहित ४ चिरामा विभाजन भईसकेको छ । अब हुने विभाजन पाँचौ चरणको हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार