दाङ, १५ चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ जिल्ला समितिले पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा लमही नगर इन्चार्ज कमरेड पूर्ण सीकी आमाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।
पार्टीको जिल्ला समिति दाङद्वारा जारी शोक वक्तव्यमा अर्घाखाँचीको भुमिस्थान नगरपालिका–२ ढिकावाङ निवासी दिवंगत चन्द्रकला खनालको २०८२ चैत १२ गते ९१ वर्षको उमेरमा निधन भएको उल्लेख गरिएको छ।
उहाँ पार्टीका नेता पूर्ण सीकी ममतामयी आमा हुनुका साथै अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य कविता खनालकी सासू आमा समेत रहनुहुन्थ्यो।
वक्तव्यमा आमाको निधनले पार्टी र परिवारलाई अपूरणीय क्षति पुगेको जनाउँदै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकाकुल परिवारजन, आफन्त तथा पार्टी पंक्तिप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
जिल्ला सचिव तिलक सीद्वारा हस्ताक्षरित उक्त वक्तव्यमा पार्टीले दुखद घडीमा परिवारसँग ऐक्यबद्धता जनाएको उल्लेख गरेको छ।

सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.