दाङ। दाङमा आफ्नै विद्यालयको बसको पछाडिको टायरले किच्दा विद्यार्थीको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर उत्तर टोल निवासी भिमसेन थापाकी तीन वर्षिया छोरी पुजा थापाको न्यू मुनराइज बोर्डिङ्ग स्कुलको ना ६ ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
शुक्रबार बेलुका पौने पाँच बजेको समयमा सो घटना भएको थियो । बसबाट ओर्लने क्रममा पछाडीको टायरले किच्दा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । विद्यालयको बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.