मतदान स्थलबाट हराएको मोटरसाइकल निर्वाचन अधिकृतको कार्यालय अगाडि भेटियो

डेली न्युजराप्ती       १ जेष्ठ २०७९ १३:३९ मा प्रकाशित     314 No Comments


जेष्ठ १,तुलसीपुर। तुलसीपुरको एक मतदान स्थलबाट बैशाख ३० गते मतदानको दिन हराएको मोटरसाइकल भेटिएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.६ को मतदान स्थल माबी सेन्टरबाट निर्वाचनमा उम्मेदवारको एजेन्ट बसेका ओमलाल दमाइको रा.२.प.७६४५ नम्बरको १२५ सिसिको सुपर स्प्लेन्डर मोटरसाइकल मतदान स्थल बाहिर पार्किङ गरेको ठाउबाट हराएको थियो।

स्वतन्त्र उम्मेदवारको एजेन्ट बसेका ओमलाल दमाइको मतदान स्थलबाट हराएको मोटरसाइकल आज आइतबार निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरको गेट अगाडि रोकिएको अवस्थामा भेटिएको हो।
तुलसीपुर-६ बस्ने मोटरसाइकल धनी दमाइले इलाका प्रहरी कार्यालय तुलसीपुरमा मोटरसाइकल हराएको विषयमा रिपोर्ट समेत लेखाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार