सहकार्य सहमती बिना मेला महोत्सव हुदैन: उबा संघ

डेली न्युजराप्ती       १९ मंसिर २०७८ १६:५३ मा प्रकाशित     431 No Comments


दाङ। तुलसीपुर उद्योग बाणिज्य संघले अहिलेको सन्दर्भमा तुलसीपुरमा कुनैपनि मेला महोत्सव लगाउन नहुने बताएको छ । बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे र महासचिव विनिल केसीले आइतबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै आम व्यापारी व्यवसायीको तीव्र असन्तुष्टी र विरोधका बिच तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्रका विभिन्न संघ संस्थाहरुले संचालन गर्न लागेको मेला महोत्सव प्रति तुलसीपुर उद्योग वाणिज्य संघको ध्यानाकार्षण भएको बताएका छन् ।

कोरोना भाइरसको असरका कारण प्रत्यक्ष मार खेपीरहेका व्यवसायीलाई आर्थिक कारोबार गर्ने उपयुक्त सिजन सुरु हुनै लाग्दा सरोकारवालाहरुसंग कुनै परामर्श नगरी मेला महोत्सवको आयोजना गरिनु सही नभएको उनीहरुको तर्क छ । कोरोना भाइरसको तेस्रो नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको त्रास बढी रहेको समयमा उद्योग बाणिज्य संघले पनि मेला महोत्सव नलगाउने र अरुले पनि लगाउन नहुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

बाणिज्य संघका व्यवसायीको हकहित र मर्म अनुसार संधै साथसाथै यात्रा गर्न तयार रहेको भन्दै व्यवसायीको सहमति तथा सहकार्य बिना मेला महोत्सव लगाउन नहुने अध्यक्ष चालिसे र महासचिव केसीले जारी गरेको विज्ञप्तीमा मार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार