संसदीय व्यवस्थाको भण्डाफोर गर्दै एमसिसी बिरोधि स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्छौं: सेक्रेटरी प्रदिप

डेली न्युजराप्ती       ३० चैत्र २०७८ १७:०९ मा प्रकाशित     357 No Comments

तीन बुदे कार्यान्वयन नगरे जनतामा जान्छौं तर झुक्दैनौ: प्रदिप

चैत्र ३०,हेमन्त प्रकाश वली। नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले आगामी स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने बताएका छन।
पार्टीको तुलसीपुर नगरकमिटी,शान्तीनगर गाउकमिटी र दंगिशरण गाउकमिटिको संयुक्त सातौं पुर्ण बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता प्रदिपले उक्त कुरा बताएका हुन।

बैठकका प्रमुख अतिथी समेत रहेका प्रदिपले भने– ‘आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा हामी संसदीय व्यवस्थाको भण्डाफोर गर्दै राष्ट्रबादी एमसिसी बिरोधि स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्छौं।’

स्थानीय चुनावमा पार्टी दर्ता गरेर नजाने तर एमसिसि एवं राष्ट्रघात विरोधी जनपक्षीय प्रतिनिधिलाई सहभागी गराउने र सहयोग गर्ने पार्टीको नीति रहेको सेक्रेटरी प्रदिपको भनाइ थियो।
नेता प्रदिपले पार्टीको केन्द्रीय समितीको १२औ पुर्ण बैठकले लिएका ऐतिहासिक एवम महत्वपूर्ण निर्णयहरु दृढतापुर्बक लागू गर्दै आगामी निर्वाचनलाई पार्टीले संघर्षको मोर्चा वनाएको समेत बताएका हुन।
एक फरक प्रसंगमा नेता प्रदिपले राज्यले आफ्नो पार्टीसंग गरेको तिन बुदे सहमति अक्षरंस पालना नगरे देश गम्भीर मोडमा पुग्ने धारणा व्यक्त गरेका थिए। उनले भने– ‘ तीन बुदे सहमति इमानदारीका साथ लागू नगरे हामी जनतामा जान्छौं तर झुक्दैनौ ।’
राजनीतिक सहमतिलाई लत्याउन नहुने भन्दै सेक्रेटरी प्रदिपले राज्यले सहमती लत्याएर देशमा युद्ध निम्त्याउन खोजेको समेत बताएका थिए।

नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज बिकाशको अध्यक्षतामा बसेको बैठकमा नेकपा राप्ती गाउपालिका इन्चार्ज/सेक्रेटरी बिजय,पार्टीका बबई गा.पा. इन्चार्ज/सेक्रेटरी प्रतिरोध,स्कुलिङ बिभाग दाङका प्रमुख रुद्र,युवा संगठन नेपालका केन्द्रीय सदस्य जिबनी,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय,राष्ट्रिय कर्मचारी महासंघ नेपालका केन्द्रीय सदस्य नर बहादुर रोका,सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती र नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य शुरेसको आतिथ्य रहेको थियो।

संयुक्त बैठकले गरेका निर्णयहरु यस प्रकारका छन्:
१) एमसिसिको विरुद्धमा जनसभा,टोल सभा,पेटि सभा मार्फत भण्डाफोर गर्ने।
२)पालीका स्तरमा एमसिसी,राष्ट्रघात, जनघात र महङ्गी विरुद्ध संघर्षका कार्यक्रमहरु संचालन गर्ने।
३)भ्रष्टाचार, कमिसन र समाजिक उत्पीडन विरुद्ध स्थानीय स्तरमा जनसंघर्ष चलाउने।
४)जिल्लामा केन्द्रले तय गरेका राष्ट्रघाती mcc विरुद्धको कार्यक्रममा सहभागिता जनाउने।
५) पालिका कमिटी, वडा कमिटी, टोल कमिटी र जनतासँग वर्तमान कार्यनीतिको विषयमा प्रशिक्षण गर्ने।
६) जबस/मोर्चाको पालिका तथा जिल्ला कमिटीको भेला सम्मेलन गर्ने।
७) स्थानीय चुनावमा पार्टी दर्ता गरेर नजाने तर एमसिसि एवं राष्ट्रघात विरोधी जनपक्षीय प्रतिनिधिलाई सहभागी गराउने र सहयोग गर्ने,
८)क्रान्तिकारी ध्रुवीकरणलाई स्थानीयस्तरमा जोड दिने,
९) पार्टीको वडा कमिटी र टोल कमिटीलाई सुदृढ गर्ने र जवस/मोर्चाका पालिका कमिटि सुदृढ गर्ने।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार