अनेमसंघ क्रान्तिकारी पश्चिम दाङको दशौं जिल्ला सम्मेलन तुलसीपुरमा सुरु

डेली न्युजराप्ती       ३१ बैशाख २०८० १४:२६ मा प्रकाशित     136 No Comments

बैशाख ३१ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम दाङ जिल्ला समितिको दशौं जिल्ला सम्मेलन सुरु भएको छ ।
संगठनका संयोजक प्रकृति सीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्य रहेको छ ।

सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य तथा पश्चिम दाङका सचिव निर्मल सी , नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , पार्टी निकट जवस/मोर्चाका प्रतिनिधिहरुको आतिथ्य रहेको छ ।

नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले दस वटा मैनबत्ती बालेर उद्घाटन गर्नुभएको छ ।
अनेमसंघ क्रान्तिकारी दसौ जिल्ला सम्मेलन आयोजक समितीका सदस्य अरुणा सीले सहजीकरण गर्नुभएको कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रम चलिरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार