भदौ २६ , दाङ । नेत्रविक्रम विप्लव सी नेतृत्व निकट अखिल (क्रान्तिकारी) राप्ती ब्युरोले इकाई , गाउँ/नगर , जिल्ला सम्मेलनको मिति ठोस गरेको छ ।
संगठनको आज बसेको भर्चुअल बैठकले ब्युरो अन्तर्गतका सबै जिल्लामा इकाई , गाउँनगर , जिल्ला सम्मेलनको मिति तोकेको हो ।
बैठकले भाद्र २८ गतेदेखि असोज २६ , मङ्सिर ४ देखि १५ गतेसम्म सम्म इकाई सम्मेलन , मङ्सिर २० -३० सम्म गाउँ/नगर सम्मेलन , पौष १ गते देखि १९ गते सम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले `स्वाधिनता र समाजवादको ´लागी विद्यार्थी अभियान र `हाम्रो शिक्षण शिक्षण संस्था राम्रो शिक्षण संस्था´विद्यार्थी अभियान सन्चालन गर्ने निर्णय समेत गरेको अखिल (क्रान्तिकारी) दाङका इन्चार्ज खुमन सीले जानकारी दिनुभयो।
बैठकले संगठनको राष्ट्रिय सम्मेलन सफल पार्न ब्युरो र जिल्लाले भब्य तयारी गर्ने निर्णय समेत गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.