युवा संगठन नेपाल तुलसीपुरको तेस्रो सम्मेलन सम्पन्न,अध्यक्षमा गणेश

डेली न्युजराप्ती       ३ कार्तिक २०८१ १९:५५ मा प्रकाशित     166 No Comments

कार्तिक २,दाङ ।
नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन नेपाल तुलसीपुर उपमहानगरपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
शुक्रबार तुलसीपुरको भुह्यारथानमा सम्पन्न संगठनको तेस्रो सम्मेलनले गणेश सीलाई अध्यक्षमा निर्वाचित गर्दै २१ सदस्यीय कमिटी चयन गरेको छ ।
सम्मेलनले बाँकी पदाधिकारी बैठकबाट टुँग्याउने गरि सचिवमा उदय सीलाई चयन गरेको जनाएको छ ।

तेस्रो नगर सम्मेलनले संगठनको बैठक तत्काल बसि पालिकामा हुने भ्रष्टाचार , व्यथिती , विसंगती तथा तमाम खाले सामाजिक विभेद , लघुवित्तीय लुटखसोट , मिटरव्याजका विरुद्ध जनसंघर्ष चर्काउने जनाएको छ ।

युवा संगठन नेपाल तुलसीपुरको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका पिबिएम शितल सीले गाउँमा लास बोक्नलाई समेत युवाहरु नभएको बताए ।

उनले भने – ‘ नेपालका युवाहरुले नेपालमै आफ्नो भविष्य किन देखिरहेका छैनन्? यो प्रश्न नै आजको मुख्य कुरा हो । मुलुकका करोडौं युवाले आफ्नो श्रम , पसिना , विवेक आफ्नै माटोमा प्रयोग गर्न पाएका छैनन् । यो समस्याको प्रधान कारण भनेको यो देशमा चलिरहेको दलाल पुजीवादी संसदीय व्यवस्थाको हो । जबसम्म युवाहरुले यो कुरा बुझ्दैनन तबसम्म युवाहरुले आफ्नो भाग्य र भविष्यको फैसला आँफै गर्न सक्ने छैनन् । त्यसैले हाम्रो पार्टीको स्पष्ट धारणा छ , युवाहरुको भविष्यको सुनिश्चितता समाजवादले हल गर्नेछ । तपाइँहरु यहाँ उपस्थिति क्रान्तिकारी युवाहरु समाजवादी क्रान्तिमा गोलबन्द हुन आवश्यक भएको छ ।’

नेता शितलले दलाल पुजीवादी सत्ता अब धेरैदिन चल्न नसक्ने दाबी गरे ।
उनले प्रशिक्षण मन्तव्य दिदैँ भने – ‘ अब यो सत्ता धेरै दिन टिक्दैन , यसको आयु सकिदैछ । संसदीय सत्ताले नेपाली जनताको जीवन भताभुँग बनाएको छ । लाखौं हजारौं युवाहरुले देश र जनताको सेवा गर्नेभन्दा बाध्यतावस बिदेशीको सेवा गर्नु परेको छ । नागरिकलाई गाँस , बास , कपास , शिक्षा , स्वास्थ्य , रोजगार लगाएत आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको दायित्व हो तर राज्यले जनतालाई पीडा , अभाव , वेदना , असुरक्षा बाहेक केही दिन सकेको छैन् । त्यसैले अब यो सत्ता ढल्दैछ , नागरिकहरु आन्दोलनको आँधीबेरीको प्रतीक्षामा छ्न , त्यसको नेतृत्व नेकपाले गर्छ । हामी नेपाली जनतालाई समाजवादी व्यवस्थाद्वारा खुसी , सुखी एवम समृद्ध बनाउने महान अभियानबाट दाँयाबाँया हुदैनौँ ।’

नेता शितल सीले पार्टीले अहिलेको व्यवस्थाको विकल्पमा नेपाली बिशेषताको समाजवादको प्रस्ताव अगाडी सारेका बताए ।
‘ नेपाली जनता यो शासन सत्ताबाट सन्तुष्ट भएका छैनन्। तीन करोड नेपाली जनताले दलाल पुजीवादी संसदीय सत्ताको विकल्प खोजिरहेका छन् । त्यसैले जनताको भरोसा केवल समाजवादमा छ । नेपाली जनताले अहिलेसम्म गरेका सबै प्रकारका न्यायपुर्ण आन्दोलनको उदेश्य भनेको समाजवादका लागि हो । अहिले जनताको मनोविज्ञान बुझ्दै हाम्रो पार्टीले नेपाली माटो सुँहाउदो नेपाली विशेषताको समाजवाद प्रस्ताव गरेको छ । हाम्रो त कुरा छ सबै पार्टीले समाजवादको नारा भजाउने गरेका छन् , त्यसैले तपाइँहरु साँच्चिकै समाजवाद हो भने आउनुस , समाजवादको बहस गरौं । अब यो पार्टी त्यो पार्टीको कुरा होईन , अब सबैको नारा , सबैको चाहना र जनताको चाहना अपेक्षा समाजवादको बहस गरौं भन्ने हाम्रो स्पष्ट कुरा हो ।’

यस्तै सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य सविन सीले नेपालमा अबको विकल्प राजसंस्था वा संसदीय शासन प्रणाली नभएको बताए ।

उनले भने– ‘ यहाँ जनयुद्धबाट पराजितहरु केहिले राजा फर्काएर हुन्छ कि भन्ने सोचेका छन् त्यो समाधान हुँदै होइन । कतिपयले ०४७ सालको संविधान फर्काएर हुन्छ भन्छन् भने कतिपयले यहीँ व्यवस्थाबाट हुन्छ भन्ने गर्दछन । यी सबै कुरा ठग्ने जनतालाई ढाँट्ने कुरा हुन् । अहिलेको राजनीतिक अस्थिरता , संकटको निकास केवल समाजवादबाट मात्रै सम्भव छ । जनता अहिले सचेत छन् त्यसैले अब संसदवादीहरुले धेरै ढाँट्न सक्दैनन् । नेपालको अबको विकल्प नेतृत्व कमरेड विप्लव र व्यवस्था नेपाली बिशेषताको समाजवाद निर्विकल्प हो ।’

नेता सविन सीले पार्टीको आत्मनिर्भर नितिले पार्टीको सर्वत्र चर्चा परिचर्चा बढेको बताए ।

उनले अबको २/४ वर्ष भित्रमा नेकपा देशैभरी आत्मनिर्भर हुने गरि उत्पादन कार्यलाई अगाडि बढाएको बताएका थिए ।

यस्तै सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले जनताप्रती वफादार हुँदै इमानदारिताको राजनीति नेकपाले गरेकाले पार्टीमा क्रान्तिकारी युवाहरुको आकर्षण बढिरहेको बताएका थिए ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य पाटन सीले युवाहरुले राष्ट्रिय स्वाधीनता , जनताको अधिकार र आफ्नै हक , अधिकार प्राप्तिको लागि समाजवादी क्रान्तिमा गोलबन्द हुँदै देशका लागि आवश्यक परेमा आहुती दिनुपर्ने बताएका थिए ।

नेकपाका पिबिएम शितल सीको प्रमुख आतिथ्यता सम्पन्न सम्मेलनमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , युवा संगठन नेपाल केन्द्रीय कोषाध्यक्ष जिवनी सी , जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश संयोजक हेमन्तप्रकाश वली , नेपाल कम्युनिस्ट पार्टी दाङका कार्यालय सदस्य मनोज सी , पार्टीका जिल्ला सचिवालय सदस्यहरु धर्ती सी , अखिल (समाजवादी)का केन्द्रीय सदस्य नवीन सी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलनमा प्यानल प्रस्ताव संगठनका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज पदम सीले गरेका थिए भने नवनिर्वाचित कमिटीलाई बधाई मन्तव्य संगठनका केन्द्रीय सदस्य शिशिर सी र पार्टीका जिल्ला कार्यालय सदस्य भुवन सीले व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङका कार्यालय सदस्यहरु मनोज सी , पार्टीका जिल्ला सचिवालय सदस्य शिव सी , पार्टीका जिल्ला कमिटीका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

तेस्रो नगर सम्मेलनको सञ्चालन संगठनका नवनिर्वाचित अध्यक्ष गनेश सीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार