विप्लव आज दाङ आउँदै

डेली न्युजराप्ती       २९ माघ २०८१ १०:०५ मा प्रकाशित     322 No Comments

माघ २८,दाङ ।

हेमन्तप्रकाश वली । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दाङ आउन लाग्नुभएको छ ।
आज सोमवार सहिद ऋषि-राधा स्मृति केन्द्र राप्ती गाउँपालिका-५ को दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्न महासचिव विप्लव सी दाङ आउन लाग्नुभएको हो ।

नेकपाका महासचिव विप्लव सीले सहिद ऋषि-राधा स्मृति केन्द्रको दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन लग्गत्तै आजै पार्टीका देउखुरी क्षेत्रका पार्टी सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिनुभयो ।

नेकपाका महासचिव विप्लव सी उपस्थित हुने सहिद ऋषि-राधा स्मृति केन्द्रको दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्ण बहादुर महरा समेत सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार