आज लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

डेली न्युजराप्ती       २२ माघ २०८१ ०७:५५ मा प्रकाशित     58 No Comments

तुलसीपुर, २१माघ ।
लुम्बिनी प्रदेशले आज सोमबार स्थापना दिवस मनाउने भएको छ । स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङमा कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मुल समारोह समितिका सदस्य सचिब रेखा कडेँलले बताईन ।

उनका अनुसार सोमबार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा समेत दिईएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ ।

स्थापना दिवसको अवसरमा आईतबार प्रदेशसभा सदन र प्रदेश सरकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत भएको थियो । सोही प्रतियोगितामा प्रदेशसभा सदन विजयी भएको छ । प्रदेश सरकारको नेतृत्व मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए, भने प्रदेशसभाको नेतृत्व सभामुख तुलाराम घर्तीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार