विप्लवको गृह जिल्ला कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा भुसालको स्वतन्त्र उम्मेदवारी

डेली न्युजराप्ती       १२ बैशाख २०७९ ०६:५९ मा प्रकाशित     381 No Comments

बैशाख १२। नेकपाका केन्द्रीय सदस्य भेषराज भुसालले शिवराज नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
भुसालले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै कपिलवस्तुको शिवराज नगरपालिका प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।

भुसालले नेकपाको समर्थनमा शिवराज नगरपालिकाको मेयेरमा स्वतन्त्र उम्मेदवारी दिन लाग्नुभएको हो।

यस्तो छ भुसाल लेखेको फेसबुक स्टाटस:
साम्राज्यवादी हस्तक्षेपको बिरोध गरौ।
राष्ट्रिय स्वाधीनताको रक्षा गरौ।
MCC सम्झौता खारेजीका लागि जनपरिचालन गरौ।
स्थानीय निर्वाचनलाई संघर्षको मोर्चा बनाऔ।
शैक्षिक माफिया ,भूमाफिया भ्रष्ट ठेकेदार र कालाबजारीयाबाट स्थानीय तहलाई मुक्त गरौ।
संसदीय दलाल व्यवस्थाको भण्डाफोर गरौ।
बैज्ञानिक समाजवादका निम्ति जनसङ्गठ्न विस्तार गरौ।
जनतालाई शिक्षा र स्वास्थ नि:शुल्क गरौ।
नगरपालिकालाई भ्रष्टाचार र कमिसनखोरी बाट मुक्त गरौ।

सम्पूर्ण देशभक्तहरुको व्यापक र विशाल मोर्चा निर्माण गरौ। उपरोक्त उदेश्य प्राप्तिका लागि नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा म पनि शिवराज नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार भइ देशभक्त तथा सम्पूर्ण श्रमजीवी जनताको सेवामा यहाहरु समक्ष उपस्थित भएको छु। एक पटक सेवाको अवसर दिनुहुनेछ भन्ने पूर्ण आशा लिएको छु।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार