नेकपा रुकुम पश्चिमका नेताले गरे प्रगतिशील विवाह

डेली न्युजराप्ती       २८ भाद्र २०७८ ०६:२१ मा प्रकाशित     427 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमका जिल्ला स्तरीय नेताले प्रगतिशिल विवाह गरेका छन् । पार्टीको जिल्ला कार्यालय सचिव तथा जिल्ला समिति सदस्य प्रेमप्रशान्त बोहराले प्रगतिशिल विवाह गरेका हुन् । बोहरा र सोही पार्टी जिल्ला समिति सदस्य शोभा डाँगीबीच प्रगतिशिल विवाह सम्पन्न भएको हो ।
बोहोरा अखिल(क्रान्तिकारी) रुकुम पश्चिम का पुर्व अध्यक्ष पनि हुन भने डागी २७औ जिल्ला सम्मेलन आयोजक समिती सदस्य हुन।

अखिल क्रान्तिकारीको २७ औं जिल्ला सम्मेलनको अवसरमा बर–बधुले एक अर्कालाई अविर लगाएर विवाह गरेका थिए । बर–बधुका अभिभावकको साथमा नेकपा जिल्ला इन्चार्ज डिल्लीराज शर्मा, जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा लगायतको उपस्थितिमा प्रगतिशिल विवाह सम्पन्न भएको हो । जिल्ला सेक्रेटरी बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका सचिवालय सदस्य मोतिराम खड्काले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार