काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सोमबार बसेको बैठकले ब्रोकर कम्पनि सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनी मध्य सात वटालाई लाइसेन्स दिने निर्णय गरेको छ । ब्रोकर लाइसेन्स पाउनेहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, शेयर प्रो सेक्युरिटिज र प्रोपर्टी विजार्ड रहेका छन् ।
नयाँ ब्रोकर कम्पनी सञ्चालनका लागि ४६ वटाले आवेदन दिएकोमा बोर्डले ४३ वटालाई आशयपत्र दिइसकेको छ । बोर्डले अनुमतिपत्र दिने प्रक्रिया अघि बढाएपछि त्यस विरुद्ध पुराना ब्रोकर कम्पनीहरुले सर्वोच्चमा रिट हालेकोमा सर्वोच्चले रिट खारेज गरिदिएपछि बोर्डले लाइसेन्स वितरणलाई अघि बढाएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.