नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड पार्टीका २ पालिका सम्मेलन उद्घाटन गर्न दाङ आउँदै

डेली न्युजराप्ती       २६ पुष २०८१ १३:०७ मा प्रकाशित     65 No Comments

दाङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दाङ आउनुहुने भएको छ । यही माघ ११ र १२ गते हुने माओबादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिको नगर अधिवेशनको उद्घाटन गर्न प्रचण्ड दाङ आउन लागेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष प्रचण्डले माघ ११ गते नेकपा माओवादी केन्द्र तुलसीपुर नगर अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै १२ गते पार्टीको घोराही नगरको अधिबेशनको उद्घाटनसंगै पत्रकार भेटघाट र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भईसकेको पार्टी सचिव बिश्वराज आचार्यले जानकारी दिनुभयाे । दुई दिनको दाङ बसाईका क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले दाङको समग्र बिकास निर्माणका बिषयमा छलफल समेत गर्नुहुनेछ । घोराही र तुलसीपुरको नगर अधिवेशन भब्य बनाउन सम्पूर्ण तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार