नेकपा राजपुर गाँउकमिटीको दोस्रो बैठक सम्पन्न, मंसिर ४ को निर्वाचन खारेजीका लागि अभियान चलाउने

डेली न्युजराप्ती       २३ कार्तिक २०७९ २१:११ मा प्रकाशित     164 No Comments

कार्तिक २३ , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत राजपुर गाँउकमिटीको दोस्रो बैठक सम्पन्न भएको छ ।

आज बुधबार राजपुरमा सम्पन्न बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय गरेको छ ।

बैठकले निर्वाचन खारेजीका लागी जनपरिचालन, वालिङ, पोस्टरिङ,चोक सभा, गाउँ सभा लगाएत जुलुस प्रदर्शन सहित सभा, मसाल जुलुस लगाएतका कार्यक्रमहरु गर्ने जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य बिक्रम सीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा नेकपा राजपुरका ईन्चार्ज उज्जल सी, नेकपा दाङ जिल्ला सल्लाहकार भिम सी लगाएतको उपस्थिति रहेको थियो ।
नेकपा राजपुरका सेक्रेटरी शुर्य सीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार