भैरहवाका मिटरब्याजी रमानन्दको घर विप्लवको कब्जामा!

डेली न्युजराप्ती       ९ असार २०८० १६:४७ मा प्रकाशित     207 No Comments

बुटवल । भैरहवा सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी मिटरब्याजी रमानन्द बानियाँको घर नेपाल कम्युनिस्ट पार्टीद्वारा नियन्त्रणमा लिइएको छ ।

मिटरब्याजी पिडीतहरुको आग्रह र पीडितहरुकोे उपस्थितिमा नेकपाले उक्त घर नियन्त्रणमा लिएको हो । मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सय भन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजार देखि १० लाखसम्म ऋण दिएर कपालीतमसुक,दृष्टीबन्दक जस्ता क्रियाकलाप गरेर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको बुझिएको छ ।

बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिदा ५० प्रतिशत बढी ब्याज समेत लगाएको विवरणमा देखिन्छ । भैरहवा,लुम्बिनी सांस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याज मार्फत करोडौं असुलेको प्रष्ट देखिन्छ । बानियाले नक्कली कागज तयार पारेर ऋणीहरुलाई ल्याप्चे लगाई अकुत ब्याज समेत लिईरहेका छन् ।

भनेको मितिमा पैसा नदिएका ऋणीलाई अर्को कागज तयार पारी ऋण रकममा थप २५ देखि ५० प्रतिशत थपेर सावा रकम बनाएका धेरै तथ्यहरु देखिन्छन् । निज बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएका छन्,कैयौंले घर छाडेर आफन्तको सरण लिएर बस्न बाध्य भएका छन् । एक ऋणीले बानियाँ संगको ऋण लेनदेनले दबाबमा मृत्युको निर्णय सम्म लिएको तर पछि पारिवारिक सल्लाहले उक्त बाटो नरोजेको पिडा व्यक्त गरेका छन् ।

बानियाँको ठगी धन्दाका बारेमा झण्डै ६२ जनाले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएको देखिन्छ ।
२०७४ सालबाट पटकपटक उजुरी दिएपनी प्रशासनले वेवास्ता गरेपछि पिडीत ऋणीहरुले नेपाल कम्युनिस्ट पार्टीमा लिखित उजुरी दिएका थिए । नेकपामा उजुरी परेपछि पार्टीले पिडितहरु संग भएका प्रमाण र अनुसन्धानले बानियाँले किसानसंग करोडौं ब्याज मिटर व्याज मार्फत असुली गरेको पाइएको हो।

पिडित ऋणी,जनता सहितको उपस्थितिमा नेकपाले शनिबार भैरहवा स्थित मिलन चोक र बुद्धचोकमा रहेको बानियाँको घर कब्जामा लिई कारबाही गरेको हो ।

प्रदर्शन सहित बानियाँको घर पुगेको टोलीले घर कब्जासहित बिरोध सभा आयोजना गरेको थियोे । सभामा नेकपामा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज शरद सी, जिल्ला सेक्रेटरी बिरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सी लगायतमा नेताहरूले गलतका गर्नेहरुलाई कारवाही हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार