‘जबसम्म सहिद र बेपत्ताका सपना पूरा हुदैन तबसम्म क्रान्तिको हुरी चलिरहन्छ ‘

डेली न्युजराप्ती       १४ बैशाख २०८० १८:२४ मा प्रकाशित     346 No Comments

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जबसम्म सहिद र बेपत्ताका सपना पूरा हुदैन
तबसम्म क्रान्तिको हुरी चलिरहने ठोकुवा गरेका छन। जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता पारिएका योद्धा तथा तत्कालीन अखिल (क्रान्तिकारी) का नेता पूर्ण पौडेलको ( क बिश्वास ) को स्मरण , सम्मान तथा पुर्ण पौडेल प्रतिस्ठान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले परिवर्तन, आन्दोलन, विज्ञान, खोज, क्रान्तिको मुल्य हुन्छ र यो मुल्य चुकाउदाको पिडा हामीमा सबैभन्दा बढी छ भन्दै लडाई नसकिएको बताए। उनले सहिद तथा बेपत्ताहरु कुनै पार्टीको लागी भएका थिएनन् उनीहरु त जनताका लागी सहिद बनेका थिए , बेपत्ता भएका थिए भन्दै जबसम्म सहिद -बेपत्तका सपना पूरा हुदैन तबसम्म क्रान्तिको हुरी चलिरहने आफुहरु उनीहरुको सपना पुरा गर्न निरन्तर क्रान्तिको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाए।

यसैगरी , उक्त कार्यक्रममा पुर्ब प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले शान्तिप्रकृया अनुसार सत्यनिरूपण तथा छानविन आयोगले आफ्नो काम पुरा गर्न नसकिरहेको , विभिन्न बहाना बनाएर आजसम्म टुंगो लगाएको छैन भन्दै सत्यनिरूपण आयोग मार्फत यी काम पुरा गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार