नेकपा प्यूठानको पाँचौ जिल्ला सम्मेलन भदौ २४ गते हुने

डेली न्युजराप्ती       २१ भाद्र २०७९ १२:१५ मा प्रकाशित     312 No Comments

राजेन्द्र रावत क्षेत्री,प्युठान। नेपाल कम्युनिस्ट पार्टी प्यूठानको तेस्राे पुर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

आइतबार सम्पन्न बैठकले भाद्र २४ गते पाँचौ जिल्ला सम्मेलन भव्यता पुर्वक सम्पन्न गर्न राजनैतिक, साँगठनिक , आर्थिक रुपमा व्यापक तयारी गर्ने निर्णय गरेकाे छ । दलाल पुँजीवादी राज्य व्यवस्था विरुद्ध एकीकृत जनक्रान्तिकाे आन्दाेलन, सुदृढ संगठन र गतिशिल विचारकाे पक्षमा पाँचौं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ जिल्ला सम्मेलन सफल पार्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरिएको छ जसमा व्यवस्थापन समिति संयाेजक गिरु प्रसाद भुसाल ( परिवर्तन ) , प्रचार प्रसार तथा झण्डा व्यानर , व्याज निर्माण उपसमिति संयाेजक राजेन्द्र रावत क्षेत्री, अतिथि स्वागत सत्कार उपसमिति संयाेजक प्रकाश सुवेदी , पत्राचार उपसमिति संयाेजक बिरवल के. सी. लाई चयन गरिएको छ। यस्तै बैठकले असाेज १ देखि काठमाडौंमा हुने नवाैं राष्ट्रिय महाधिवेशन केन्द्रीत विभिन्न अभियान सन्चालन गर्ने निर्णय गरेकाे छ ।

तेस्राे पुर्ण बैठकमा नेकपा का केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज दल बहादुर के. सी. ( जागृति ) ले आगामी भाद्र २४ गतेकाे पाँचौ जिल्ला सम्मेलन र पार्टीको नवाैं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पार्न सिंगाे पार्टी आ-आफ्नाे क्षेत्रबाट व्यापक रुपमा जनतामा जान जिल्ला समितिलाइ लाई निर्देशन दिए । नेपालमा दलाल संसदिय व्यवस्था असफल भइसकेकाेले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाकाे लागि एकीकृत जनक्रान्तिकाे विचार र कार्यदिशालाई जनताकाे माझमा व्यापक अन्तरक्रिया सहित स्थापित गर्नपनि उनले अनुराेध गरे । बैठकमा जिल्ला सदस्यहरु द्वारा आलाेचना , आत्मालाेचना र रिपोर्टिङ सहित जिल्ला सेक्रेटरी केशबकाे अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला पार्टीका निवर्तमान सेक्रेटरी तथा विशेष कमिटी सदस्य तथा गत वैशाख ३० काे स्थानीय निर्वाचनबाट निर्वाचित माण्डवी गाउँपालिका वडा नं. ४ उदयपुरकाेटका वडा अध्यक्ष डिल बहादुर घर्ती मगर ( अजय) , जनयुद्धका सहिद परिवार तथा जिल्ला पार्टीका सल्लाहकार माेहन गिरि लगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार