युवा संगठन नेपाल दाङको लागुऔसध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम

डेली न्युजराप्ती       ५ आश्विन २०७८ १९:५२ मा प्रकाशित     695 No Comments

न्यूजराप्ती,दाङ।लागू औषध दुर्व्यसनविरुद्ध युवा संगठन नेपाल दाङ जिल्ला समितिको आयोजनामा जिल्ला सदरमुकाम घोराहिमा सचेतना कार्यक्रम सहित कोणसभा सम्पन्न गरिएको छ ।

कोणसभालाई सम्बोधन गर्दै प्रमुख वक्ता तथा नेपाल कम्युनिष्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य बिकाशले लागुऔसध सेबनले युवाहरुलाइ तहसनहस बनाउदै लगेको बताउनुभयो। उहाले सचेत युवाहरुलाइ चरम नशामा डुबाएर दलाल पुजिपतीहरुले युवाहरुको सचेत क्रान्तिकारी पहलकदमीलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको उद्घोष गर्नुभयो। नेता बिकाशले आफ्नो पार्टीले लागुऔसध कारोबार गर्ने जो कोहिलाइ प्रमाण सहित कार्वाही गर्ने चेतावनी समेत दिनुभयो।

कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोजले युवाहरुलाइ लागुऔसधबाट मुक्त गर्ने अभियान संगठनले चलाउने उद्घोष गर्नुभयो। नेता मनोजले युवाहरु चरम लागुऔसध सेबनबाट मुक्त नभएसम्म देश र दुनिया बुझ्ने र बदल्ने सपना साकार नहुने बताउनुभयो।उहाले भन्नुभयो,” देश बिकाशको मेरुदण्ड सचेत युवापंक्ती चुर्लुम्म नशामा डुबेको देख्दापनी राज्य जिम्मेवार बन्न सकिरहेको छैन”। कोणसभा कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल दाङका सचीव सुदर्शनले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार